कार्यसम्पादन मुल्यांकनमा दैलेख प्रशासन कमजोर

कार्यसम्पादन मुल्यांकनमा दैलेख प्रशासन कमजोर

दैलेख : गृह मन्त्रालयले गरेको कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय दैलेखको स्थिती कमजोर देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/०७८ को बार्षीक कार्यसम्पादन मुल्यांकनको नजिता अनुसार दैलेख प्रशासनको स्थिती कमजोर देखिएको हो ।

नतिजा अनुसार दैलेख प्रशासनको कार्यसम्पादनको स्तर सबै भन्दा कमजोर न्यून (बि) मा परेको छ । कार्यसम्पादन मुल्यांकनमा न्यून (बि) मा जिल्ला प्रशासन कार्यालय दैलेख सहित २१ जना छन् । जिल्ला प्रशासन कार्यालय दैलेखमा २०७७ साउन देखि फागुनसम्म सन्तबहादुर सुनार प्रमुख जिल्ला अधिकारी थिए । फागुनयता हरि प्याकुरेल प्रमुख जिल्ला अधिकारी छन् ।

गृहले सार्वजनिक गरेको नजिता अनुसार झापा, अर्घखाँची र रुकुम (पूर्व) अति उत्कृष्ठ स्थानमा छन् । यस्तै जाजरकोट, हुम्ला, कालिकोट, रुकुम (पश्चिम) सहित १४ वटा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन स्तर उत्कृष्ठ (ए) मा छ । सुर्खेत र जुम्ला सहित १८ जिल्ला उत्तम (ए) मा छन् । मुगु, अछाम र दाङ सहित २१ वटा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन स्तर मध्ययम (बी) स्थानमा छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको समग्र कार्यसम्पादन स्तरमा बृद्धि गरी नतिजामुखी बनाउन आर्थिक बर्ष २०७५/०७६ देखि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच बार्षीक कार्यसम्पादन सम्झौता भई कार्यान्वयन गरिरहेको छ ।

हमा अनुसार मुल्यांकन गर्दा कार्यसम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरु शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धीत कार्यसम्पादनको समग्र मापनका आधार बनाईएको थियो ।

प्रतिक्रिया