ईन्सेकको मानव अधिकार समूहले ग¥यो बैठक सकेर सरसफाई

ईन्सेकको मानव अधिकार समूहले ग¥यो बैठक सकेर सरसफाई

दैलेख : कुनै पार्टीको बैठक, संघसंस्थाको बैठक, समूह–सहकारी वा यस्ता धेरै बैठकहरुमा तोकिएका व्यक्तिहरु जम्मा हुने अनि निर्धारित विषयबस्तुमा छलफल र निर्णय गर्ने सबैतिरको प्रचलन हो । यस्तै औपचारिक बैठकका लागि भेला भएका इन्सेकको मानव अधिकार समूहले बैठक सकेर सरसफाई गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत दैलेखको नारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूहको शनिवार सदरमुकाममा ‘समस्या पहिचान तथा समूहको कार्ययोजना निर्माण बैठक’ पछि अदालत नजिकबाट शान्ति कलौनी हुँदै टुडिखेल धारा जानेबाटो सरसफाई गरिएको हो ।

ज्वालामुखी होटलदेखि शान्ति कलौनी नजिकसम्म करिव ३ सय मीटर बाटोमा सिस्नो, एैंसेलु लगायत काँडाहरु र झारपातले बाटो साँघुरो अनि यत्रत्यत्र फोहोर भएकोले सरसफाई गरिएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बताए ।

मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा बसेको ‘समस्या पहिचान तथा समूहको कार्ययोजना निर्माण बैठक’ पछि नारायण नगरपालिकाका कार्यपालिका सदस्य शंकर बयलकोटी, नारायण नगरपालिका–१ का वडासदस्य रमेश केसी, वडासचिव गोपाल श्रेष्ठ र मानव अधिकार समूहका सदस्यहरुको सहभागितामा सरसफाई कार्य गरिएको हो ।

सरसफाई अघि ‘समस्या पहिचान तथा समूहको कार्ययोजना निर्माण बैठक’ले नारायण नगरपालिकाको विभिन्न स्थानमा खानेपानी व्यवस्थापन, रातामाटे–नमूनाबस्ती लगायतका स्थानमा भूमिहीनलाई जग्गा प्राप्त, जनता आवासको प्रभावकारिता लगायत कृषि, शिक्षा र स्वास्थ्य सवालमा के कसरी काम गर्ने भनी जनप्रतिनिधि समेतको रोहवरमा कार्ययोजना निर्माण गरेको थियो ।

प्रतिक्रिया