२७ बर्षिया महिला झुण्डिएको अवस्थामा फेला

२७ बर्षिया महिला झुण्डिएको अवस्थामा फेला

दैलेख : दैलेखमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ बेरुखानाकी २७ बर्षिया भावना देवकोटा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

आइतवार राती आप्नै घरदेखि तल्लो आफ्नै घरमा सुत्न जान्छु भनि निस्किएकी उनि श्रीमान सुत्न जाँदा घरमा देखा नपरेपछि खोज्दै जाँदा आज सोमवार विहान झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

उनी घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको टिमिलाको रुखमा प्लाष्टिकको डोरीले घाँटिमा पासो लगाई झुण्डिई आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया