दुल्लु र आठबीसमा विपद् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दुल्लु र आठबीसमा विपद् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दैलेख : जिल्लाका दुई पालिकामा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको छ । दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा केन्द्र स्थापना गरिएको हो । सोसेक नेपालको सहयोगमा केन्द्र स्थापना भएको हो । आठबीसमा मेयर खड्गराज उपाध्याय र दुल्लुमा मेयर घनश्याम भण्डारीको उपस्थितीमा केन्द्र उद्घाटन भएको छ । जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको सोसेकका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।

केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा समेत टेवा पु¥याउने श्रेष्ठले बताए । विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना लागि सामग्रीहरु समेत दिईएको छ । सामग्रीहरुले विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा सहयोग पुग्नेछ ।

श्रेठका अनुसार दुल्लु नगरपालिकामा स्थापना गरिएको सिकाई केन्द्रका लागि १० थान लाइफ ज्याकेट, १० थान डोरी, ५ थान क्यालाबेरिया, ७ वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, ४ थान कटिङ पिलास प्रदान गरिएको छ । यस्तै १ थान चेनस, ५ थान हाते आरा, ३ थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, ३/३ थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, ४ थान फायर एस्टीड गिसर, १ थान भ¥याङ, २० थान गैटी, १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, १० थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ । यसैगरी १ थान टेबल, १५ थान पलाष्टिक कुर्ची, १ थान रिभल्बीङ कुर्ची, ३५ मिटर जुट कार्पेट तथा १/१ थान ल्यापटप, प्रिन्टर र १ थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ ।

आठबीस नगरपालिकामा स्थापना भएको केन्द्रका लागि १५ थान लाइफ ज्याकेट, १० थान डोरी, ५ थान क्यालाबेरिया, ७ वटा वाटरप्रुफ टेन्ट, २० थान पाल, ३० थान रवर टेवल, ४ थान कटिङ पिलास प्रदान गरिएको छ । यस्तै १ थान चेनस, ५ थान हाते आरा, ३ थान प्राथमिक उपचार बासक, २० थान स्टेचर, ३/३ थान मेगा लाइट र फोन, ४० थान हेल्मेट, ६ जोर पञ्जा, ४ थान फायर एस्टीड गिसर, १ थान भ¥याङ, २० थान गैटी, १५ थान कोदालो, २० थान सब्बल, २० थान बेल्चा, १० थान स्टील बाल्टिन केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

यसैगरी १ थान टेबल, १५ थान पलाष्टिक कुर्ची, १ थान रिभल्बीङ कुर्ची, २० मिटर जुट कार्पेट, १ थान रेस्क्यू बोट, तथा १/१ थान ल्यापटप, प्रिन्टर र १ थान मल्टिमिडीया समेत प्रदान गरिएको बताईएको छ ।

दुल्लु र आठबीस नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि सामग्री सहयोग

जिल्लाका ११ वटै स्थानीय तहमा विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत सामग्र्री सहयोग गरिएको छ । सोसेक नेपालले सामग्री सहयोग गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटालाई सामग्री हस्तान्तरण गरिएको थियो ।

सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठका अनुसार विपद् व्यवस्थापन समितिलाई १२ थान लाइफ ज्याकेट, १० थान डोरी, ५ थान क्यालाबेरिया, ५ वटा वाटरप्रुफ टेन्ट, १० थान पाल, १४ थान रवर ट्युब, २ थान कटिङ पिलास प्रदान गरिएको छ ।

यस्तै १ थान चेनस, ५ थान हाते आरा, २ थान प्राथमिक उपचार बासक, १० थान स्टेचर, ३/३ थान मेगा लाइट र फोन, २० थान हेल्मेट, ६ जोर पञ्जा, ४ थान फायर एस्टीड गिसर, १ थान भ¥याङ, १० थान गैटी, १० थान कोदालो, १० थान सब्बल, १० थान बेल्चा, ९ थान स्टील बाल्टिन र १ रेस्क्यू बोट समितिलाई हस्तान्तरण गरिएको छ । समितिले उक्त सामग्रीहरु विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको छ ।

स्थानीय तहमा स्थापना भएको विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रका लागि र जिल्ला विपद् व्यवस्थापन समितिलाई झण्डै २५ लाख बराबरको सामग्रीहरु सहयोग गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया