दैलेखमा पनि अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस मनाईँदै

          |   प्रकाशित मितिः शुक्रबार, अशोज १५, २०७८     ::: 140 पटक पढिएको   |  

दिवसमा यसबर्षको नारा ‘जुटेर मात्र सम्भव छ जोखिम न्यूनिकरण’ तय गरिएको छ ।

दैलेख : दैलेखमा पनि अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । सन १९८९ बाट हरेक बर्ष अक्टुबर १३ का दिन मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस यस बर्ष दैलेखमा पनि विविध कार्यक्रम गरिने भएको हो । दिवसमा यसबर्षको नारा ‘जुटेर मात्र सम्भव छ जोखिम न्यूनिकरण’ तय गरिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुको बैठकले दिवसका अबसरमा विविध कार्यक्रम गरी दिवस मनाउने निणर्य गरेको हो । बैठकले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सन्दर्भमा जिल्ला स्थित एफएम रेडियो र टेलिभिजनमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने सुरक्षा निकाय र सरोकारवा निकायको सहभागितामा प्यानल छलफल कार्यक्रम भोली शनिवार गर्ने निणर्य गरेको छ ।

यस्तै असोज १९ गते जिल्लास्थित स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संघसंस्था र जिल्ला स्थित पत्रकारहरु र सरोकारवाला निकायहरुको सहभागितामा विपद् व्यवस्थापनको क्षेत्रमा अनुभव आदान प्रदान र अन्तरक्रिया कार्यक्रम गरिनेछ । साथै विपद् जोखिम न्यूनिकरण र दिगो विकास क्षेत्रमा जिल्लाको भावी रणनीति तर्जुमा समेत गर्ने बैठकले निर्णय गरेको छ ।



Leave a comment

Your email address will not be published.


*