शिक्षा क्षेत्र : राजनीतिक हस्तक्षेपले सिकाई गुणस्तर कमजोर

शिक्षा क्षेत्र : राजनीतिक हस्तक्षेपले सिकाई गुणस्तर कमजोर

दैलेख : प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले शिक्षा क्षेत्रको विकृति विसंति हटाएर शैक्षिक गुणस्तर सुधार र व्यवस्थापकीय प्रणाली सुधार नागरिक समाजको अगुवाई जरुरी रहेको बताएकी छिन् । शिक्षाका लागि लागि राष्ट्रिय अभियान नेपालको दैलेखमा सम्पन्न वार्षिक साधारणसभा कार्यक्रममा उनले त्यस्तो आवश्यकता औल्याएकी हुन् ।

विद्यालयको संख्या बढेको, ग्रामीण क्षेत्रसम्म शिक्षा आर्जनका अवसरहरु सिर्जना भएर पनि कमजोर शैक्षिक प्रशासन, प्रविधियुक्त शिक्षण विधि नहुनु, शिक्षामा व्यापक राजनीतिक हस्तक्षेपले पहिलेको तुलनामा सिकाई गुणस्तर नरहेको साँसद बिशुन्केले टिप्पणी गरिन् ।

शिक्षक महासंघका जिल्ला सहसचिव नरेन्द्रराज रेग्मीले कोरोना संक्रमणले संकटमा परेको शैक्षिक गतिविधि सुचारु हुन सबै बालबालिकालाई अनिवार्य खोपको प्रवन्ध हुनुपर्ने, स्वास्थ्य सावधानीको निम्ति स्वास्थ्य संस्था तम्तयारीमा राख्नुपर्ने बताए ।
अनेरास्ववियूका सचिवालय सदस्य हेमन्त दशौदीले शिक्षा क्षेत्रमा भएको अराजकता, बेथिति र भ्रष्टाचार रोक्न नसके शैक्षिक गुणस्तरको कल्पना गर्न असम्भव हुने टिप्पणी गरे । उनले शिक्षामा व्याप्त व्यापारिकण रोकेर सार्वनिक विद्यालयहरु सुधारको योजना आवश्यक रहेको बताए ।

शिक्षाका लागि लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा अभियानका सदस्य सचिव भरतराज अधिकारी, सदस्यहरु यज्ञराज थापा र अमर सुनारले संस्थाले गरेको काम र भावी योजनाको बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया