नेकपा (एस) को केन्द्रीय सचिव रामकुमारी झाँक्री दैलेख आउँदै

दैलेख : नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री दैलेख आउने भएकी छिन् । भोलि सोमवार दैलेख सदरमुकाममा हुने समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न उनि दैलेख आउने पार्टीका जिल्ला अध्यक्ष बरुनाथ योगीले जानकारी दिए ।
कार्यक्रममा समाजवादी कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, अनेमसंघका सचिव पार्वती बिशुन्के, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा लगायतले प्रशिक्षण दिनुहुने पार्टी अध्यक्ष योगीले बताए ।
समाजवादीले पार्टी संगठन विस्तारको अभियानको क्रममा जिल्लाका ११ वटै पालिका र वडा तहसम्म स्थानीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा स्थानीय स्तरका कमिटी गठन गरेको छ ।
प्रतिक्रिया