केपी ओली दक्षिणपन्थी हुन् : झाँक्री

केपी ओली दक्षिणपन्थी हुन् : झाँक्री

पत्रकार सम्मेलन अघि नेकपा (एकीकृत समाजवादी) द्धारा आयोजित जिल्लास्तरिय अगुवा कार्यकर्ता भेला ।

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको आरोप लगाएकी छिन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आएकी उनले यस्तो बताएकी हुन् । समाजवादी प्रेस संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव झाँक्रीले केपी ओलीको अकर्मण्यताका कारण अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउनुपरेको बताइन् । उनले ओली र ओली प्रवृतिका व्यक्तिहरु वडातहसम्मै रहेको समेत औल्याईन् ।

तीनै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताउँदै झाँक्रीले भनिन् ‘हाम्रो पार्टीले आगामी निर्वाचनसम्म नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेछ ।’ उनले निर्वाचनमा पनि नेपाली काँग्रेससँगै सहकार्य गरेर जाने बताइन् । उनले नेकपा (एकीकृत समाजवादी) ले केपी ओली नेतृत्वको नेकपा एमाले भन्दा दुई सिट भएपनि बढि जित्ने दाबी गरिन् ।

नेकपा (एकीकृत समाजवादी) द्धारा दैलेखमाआयोजित जिल्लास्तरिय अगुवा कार्यकर्ता भेला ।

सोहि अबसरमा उपमहासचिव प्रकाश ज्वालाले आफुहरुले कम्युनिष्ट आन्दोलनलाई एकिकृत बनाउने नेतृत्व गरेको दाबी गरे । संविधानमा प्रधानमन्त्रीले संसद् विघठन गर्न पाउने व्यवस्था नै नभएको बताउँदै उपमहासचिव ज्वालाले केपी शर्मा ओलीले संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाए । दुई पटक संसद् विघटन भएसँगै नेपालको राजनीति उथलपुथल भएको उनको भनाई छ ।

केपी शर्मा ओली बादशाह बन्न खोजेको आरोप लगाउँदै ज्वालाले भने ‘एमाले पार्टी कम्युनिष्ट होइन् ।’ आफुहरुले संविधान माथीको आक्रमण विरुद्ध विद्रोह गरेको उनको भनाई छ । ‘हामीले नेकपा एमाले विभाजन गरेका होइन, हामी त पार्टी एकताको पक्षमा उभिएका हौँ, उनले भने ‘नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेको क्रान्तिकारी पुर्नगठन भएको हो ।’

प्रतिक्रिया