बेइमान पाइलटसँग संगै यात्रा गर्न सकेनौँ : ज्वाला

बेइमान पाइलटसँग संगै यात्रा गर्न सकेनौँ : ज्वाला


दैलेख : नेकपा (एकीकृत समाजवादी) का उप–महासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले बेइमान पाइलटसंग विश्वास टुटेर यात्रा छोडिएको बताएका छन् । दैलेखमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्वोधनका क्रममा उनले त्यस्तो भनेका हुन् ।

‘संविधान मिचेर दुई पटक संसद विघटन गर्ने खराब उद्देश्य राखेको बेइमान पाइलटसंग बिश्वास टुट्यो अनि पार्टी फुट्यो’ ज्वालाले भने । केपी शर्मा ओलीको कार्यशैलीगत थुपै्र कमजोरीका कारण कम्युनिष्ट एकता र स्थायित्वतिर अगाडि बढेको राजनीतिक प्रणाली तहसनहस भएको उनले बताए ।

ज्वालाले जनताको बहुदलीय जनवाद सैद्धान्तिक निष्कर्षको रक्षा गर्न एमाले पुनर्गठन गरी एकीकृत समाजवादी बनाइएको बताए । माक्सवादी सिद्धान्त र जबजको कार्यदिसा अनुसार जनजीविकाको सवालमा काम गर्ने असल कम्यूनिष्ट पार्टीको बनाउन समाजवादी गठन भएको उनले टिप्पणी गरे ।

एमाले र माओवादी केन्द्रसंगको चुनावी तालमेलपछि पार्टी एकीकरणले जनहितमा काम गर्ने सक्ने अवसर र राजनीतिक स्थायित्वतिर देश अघि बढेको बेला केपी शर्मा ओलीको अक्रमण्यता र स्वच्छाचारिताले सिंगो कम्यूनिष्ट आन्दोलन टुटेको र एमाले पार्टीको विघटनसम्मको स्थितिमा पुगेको ज्वालाले भनाई थियो ।

नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले संविधानको रक्षा गर्न एमालेमा छँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समाजवादी समेतको गठबन्धनले प्रधानमन्त्री बनाएको बताइन् । उनले व्यक्ति पूजा गर्ने एमालेभित्रका विकृति बिरुद्ध बिद्रोह गरेर बनाएको नयाँ पार्टीमा युवा पुस्तालाई अग्रसर गराइएको उल्लेख गरिन् ।

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा साँसद पार्वती बिशुन्केले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत कार्यशैली सिंगो कम्यूनिष्ट एकता टुटाएपछि जनतामा पैदा भएको निराशालाई केही गर्न सक्नेहरुको समूहबाट एकीकृत समाजवादी पार्टी गठन भएको बताइन् ।

त्यसबखत नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सचिवालय सदस्य टेकबहादुर खाँणले राजनीतिक इमान्दारिता विना देशको विकास र स्थायित्व नहुने बताए । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले जनताको पक्षमा काम गर्दै गए पार्टी ठूलो बन्ने सक्ने कार्यकर्तालाई सुझाव दिए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीको अध्यक्षतामा भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा पार्टीका जिल्ला उपाध्यक्ष जंगबहादुर शाही, सचिव मानबहादुर खड्काले पनि एमालेबाट बिद्रोह गरी नयाँ पार्टी गठनको आवश्यकता र भावी रणनीतिका विषयमा प्रकाश पारेको थिए ।

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि समाजवादी प्रेस संगठनले नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, केन्द्रीय सचिव रामकुमारी झाक्रीलाई प्रमुख वक्ता राखेर पत्रकार सम्मेलन गरेको    थियो । पत्रकार सम्मेलनको अध्यक्षता समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरतराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया