विपद्मा जनप्रतिनिधिहरुको बेवास्ता

विपद्मा जनप्रतिनिधिहरुको बेवास्ता

दैलेख : सोमदेखि ४ दिन अविरल वर्षात् हुन थाले यता आइपरेका विपद्मा उद्धार तथा पुनस्र्थापना गर्न दैलेखका जनप्रतिनिधिहरुले बेवास्ता गरेको स्थानीयहरुको गुनासो छ । मानवीय क्षति नभए पनि अवरुद्ध भएका सडक खुलाउन र व्यक्तिका घर भत्किएकोमा सहयोग जुटाउन बेवास्ता गरेको स्थानीयले सुनाएका छन् ।

यो चार दिन कर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँ ठाउँ पहिरोले सडक अवरुद्ध भएको बेला सहयोग माग्न खोज्दा जनप्रतिनिधिहरुले मोवाइल अफ गरेर बसेका समेत पाइएको ंदैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
पहिरोले सडक अवरुद्ध हुँदा पनि प्रहरीमै गुहार माग्न थालेपछिक कसडक विभागको डोजर ल्याएर आफूले डिजेल भरेर सडक खुलाउनु परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए । ‘बाटोमा अलपत्र परेका यात्रुका मर्का सुन्नै प¥यो, प्रहरीले पकेटबाट पैंसा खर्च गरेर सडक खुलाइयो’ डीएसपी श्रेष्ठले भने ।

आठबीस नगरपालिका–१ रामाघाट, वडा नं. २ को टुनीबगर, चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ पालतडाको बस्तीमा कर्णाली बहाव बढेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने, दैलेख–सुर्खेत राजमार्गको सियाकोट र कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो हटाउन प्रहरीको पहललाई अधिकारकर्मी प्रभा बिकले प्रशंसा गरे ।

कर्णाली राजमार्ग अवरुद्ध भए यता आठबीस नगरपालिकाका मेयर खड्गप्रसाद उपाध्यायका दुइटै मोवाइल अफ छन् । राजमार्ग खुले पनि उनको मोवाइल खुलेको छैन । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफू यति बेला सुर्खेतमा भएको बताएका छन् ।

sनारायण नगरपालिका–८ रानीधारा टोलीका डिल्ली परियारको २ तले ६ कोठाको घर वर्षातले भत्किँदा वडाका वडा सचिवले २ लाख रुपैंयाँ बराबरको क्षति भएको भनी लेखी दिंदा प्रशासनबाट २ हजार रुपैंयाँ मात्र राहत पाउने भएका छन् । झण्डैं ८ लाख भन्दा बढी खर्च गरेर अघिल्ला वर्ष बनाएको घर वडासचिवले जानीजानी कम मूल्यांकन राखेको डिल्ली परियारले गुनासो गरे ।

यस्तो विपदको बेला जनप्रतिनिधिहरुले बेवास्ता गरेको सन्दर्भमा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहको प्रतिक्रिया माग्दा उनले भनिन् ‘धेरैले मोवाइल अफ गरेको र आफ्नै जनतालाई विपद परेको ठाउँमा उपस्थिति भएको भन्ने मैंले सुनें, यो जनप्रतिनिधिहरुको गैरजिम्मेवारीपन हो ।’

आफूले यसबारे सोधीखोजी सुरु गर्दा दशैंमा सबै व्यस्त भएका र कर्मचारीहरु नभएको बेला भौतिक सहयोग गर्न सक्ने अवस्थाका कारण पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको पाएको उपप्रमुख शाहले बताइन् । उनको टिप्पणी थियो ‘यो अक्षम्य गल्ती हो ।’

 

प्रतिक्रिया