भगवतीमाईमा खेलकुद महोत्सब हुने

भगवतीमाईमा खेलकुद महोत्सब हुने

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकामा खेलकुद महोत्सब हुने भएको छ । भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सब हुन लागेको हो । नेपालीहरुको दोस्रो महान चार्ड शुभदिपावलीको अबसर पारेर समितिले गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नाराका साथ भगवतीमाई खेलकुद महोत्सव २०७८ को आयोजना गरेको हो ।

खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर खड्काका अनुसार खेलकुद महोत्सबमा गाउँपालिकाको केन्द्र बेस्तडामा विविध कार्यक्रम सहित कर्णाली प्रदेश अन्तरपालिका स्तरीय खेलकुद (भलिबल) प्रतियोगिता समावेश गरिएको छ । खेलमा कर्णाली प्रदेशका १० जिल्लाका सबै पालिका सहित छिमेकी जिल्ला अछामका खेलाडीहरूलाई समेत निमन्त्रणा गरिएको खेलकूद विकास समितिले जनाएको छ ।

खेलकुदमा सहभागी हुने खेलाडीहरूले यही १३ गते सम्म टिम दर्ता गर्न पाउने छन् । टिम दर्ताको काम सकिएपछि कार्तिक १४ गते देखि १७ गतेसम्म खेल सञ्चालन हुने बताइएको छ । करिब ४ दिन चल्ने खेलकुद महोत्सवमा भलिबल तर्फ प्रथम पुरस्कार एक लाख ११ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ६१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यस्तै बेस्टस्पाईकरले २ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र, बेस्ट लिफ्टरले २ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र र बेस्ट लिब्रोले २ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया