एनसिई नेपाल कर्णाली प्रदेश समन्वय समितिको संयोजकमा पाण्डे

एनसिई नेपाल कर्णाली प्रदेश समन्वय समितिको संयोजकमा पाण्डे

सुर्खेत : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल कर्णाली प्रदेश समन्वय समितिको संयोजकमा कालिकोटका तुलाराम पाण्डे चयन भएका छन् । बिहीवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न प्रथम साधारण सभाले संयोजकमा पाण्डेलाई चयन गरेको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष टिकाराम आचार्य, केन्द्रिय सदस्य दुर्गा गिरीको उपस्थितीमा सम्पन्न भेलाले कर्णाली प्रदेश समन्वय समिति सर्वसम्मत चयन गरेको हो । साधारण सभाले कर्णाली प्रदेश समन्वय समितिको सह–संयोजकमा सुर्खेतका मधुरानी ढकाल र सचिवमा दैलेखका हिक्मतबहादुर नेपालीलाई चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा दैलेखका रजनी योगी तथा कालिकोटका राजेन्द्र सहकारी, सुर्खेतका तेज सोनाम र सुर्खेतका भुपेन्द्रप्रसाद कंडेललाई सदस्यमा चयन गरेको छ । भेलाले हाललाई ७ सदस्यीय समिति चयन गरेको एनसिई नेपाल कर्णाली प्रदेश समन्वय समितिका सचिव हिक्मतबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार समिति विस्तार गर्न बाँकी रहेका कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा समिति विस्तार भएपछि थप सदस्य मनोनित गरी सदस्यको संख्या बढाउने निणर्य भएको छ ।

त्यसअघि एनसिई नेपालको आयोजनामा कोभिड महामारीमा विद्यालय पुनः संचालन र सिकाई निरन्तरताको अवस्था र प्रदेश सरकारको तयारी विषयक कर्णाली प्रदेश स्तरिय छलफल आयोजना गरिएको थियो । छलफलमा सहभागिहरुले शिक्षामा लगानी बढाउनुपर्ने, महामारीमा पनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुने वातावरण सृजना गराउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया