मानव अधिकारकर्मीका लागि क्षमता विकास तालिम सम्पन्न

मानव अधिकारकर्मीका लागि क्षमता विकास तालिम सम्पन्न

दैलेख : लुथरन वर्ल्ड फेडेरेसनको सहयोगमा समुदायमा आधारित संस्था महासंघको आयोजनामा दैलेखको नारायण नगरपालिका-११ बिन्ध्यवासिनीमा सञ्चालित मानव अधिकारकर्मीका लागि २ दिने क्षमता विकास तालिम शुक्रवार सम्पन्न भएकाे छ ।

समुदायमा आधारित संस्था महासंघले सञ्चालन गरेको ‘पावर परियोजना’ अन्तरगत गठित महिला सञ्जाल, सहकारी संस्था, अपाङ्गता सञ्जाल लगायत समूहमा आवद्ध अगुवा सदस्यहरुलाई मानवअधिकार सवालमा अभिमुखीकरण गरिएको थियो ।

मानव अधिकार सवाल प्रवद्र्धन, संस्थागत विकास, न्याय तथा वकालत पैरवी, पैरवीको क्रममा आउन सक्ने चुनौती, सञ्जाल संस्थाको वैधानिकता, लक्ष्य, उद्देश्य र कार्य सफलता रणनीति विषयमा तालिमका सहभागीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो ।

क्षमता विकास तालिममा परियोजनाका सवाल समूहका २ पुरुष सहित १३ जना मानवअधिकारकर्मीको सहभागिता थियो । तालिममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र पावर परियोजनाका कार्यक्रम संयोजक टंक सुनारले सहजीकरण गरेका    थिए ।

प्रतिक्रिया