एमाले महाधिवेशन : दैलेखमा एकलौटी प्रतिनिधि छनौट गरेको भन्दै विरोध

एमाले महाधिवेशन : दैलेखमा एकलौटी प्रतिनिधि छनौट गरेको भन्दै विरोध

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०-१२ गतेसम्म चितवनमा हुँदैछ । एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतनिधि छनोट गरिएको छ।

सोहि अनुसार एमाले दैलेखले पनि महाधिवेशन प्रतिनिधि छनौट गरिसकेको छ। दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार सर्वसम्मत प्रतिनिधिको छनोट गरिएको भनिएतापनि एमालेकै नेताहरुले असन्तुष्टि जनाएका छन् । नेताहरुले प्रतिनिधि छनोट प्रक्रियामा असहमति जनाएका छन्।

महाधिवेशन प्रतिनिधिको आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्न नदिएर एकलौटीरुपमा छनौट गरिएको एमाले नेता नन्दकिशोर बस्नेतले बताए । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि छनौट अपारदर्शीताको पराकाष्ठ भएको नेता बस्नेतको भनाइ छ । उनले माथिल्लो निकायबाट उचित सम्बोधन हुनेमा आसावादी रहेको समेत बताए ।

एमाले नेता नन्दकिशोर बस्नेतद्धारा सार्वजनिक गरेको महाधिवेशन प्रतिनीधि छनौट प्रक्रियामा ८ वटा अपारदर्शी आधारहरु ।

महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा ८ वटा अपारदर्शी आधारहरु समेत नेता बस्नेतले सार्वजनिक गरेका छन् । ‘खुलातर्फ महाधिवेशन प्रतिनिधि छनौटका क्रममा दैलेख निर्वाचन क्षेत्र नं. १ का डुङ्गेश्वर, महाबु र नौमूले गाउँपालिकाबाट शून्य बनाएर नारायण नगरपालिकामा मात्र केन्द्रित गरिएको छ,’ उनले भने।’

यस्तै महाधिवेशन छनौटमा आठबीस नगरपालिकालाई उपेक्षा गरिएको राष्ट्रिय युवा संघ दैलेखका अध्यक्ष जीवन शाही बताउँछन्। एमाले दैलेखका अनुसार एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि दैलेखबाट रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह, धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।

प्रतिक्रिया