अब्बल प्रहरी अधिकृत, जसले शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानसँगै नविनतम् कार्यहरुको सुरुवात गरे

अब्बल प्रहरी अधिकृत, जसले शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानसँगै नविनतम् कार्यहरुको सुरुवात गरे

दैलेख : प्रहरी प्रधान कार्यालयले २०७७ भदौ १५ गते देशभरका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको विवरण सार्वजनिक ग¥यो । उक्त विवरणमा पहिलो नम्बरमा नाम थियो, प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठ । प्रहरी प्रधान कार्यालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा कार्यरत डीएसपी श्रेष्ठलाई दैलेख प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा गरेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत डीएसपी हरि बहादुर ओलीको सरुवा भएसँगै श्रेष्ठलाई दैलेख पठाईएको थियो ।

डीएसपी श्रेष्ठले २०७७ भदौबाट दैलेख प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले । त्यसअघि कार्यरत रहेका ठाउँमा शान्ति सुरक्षा र अपराध अनुसन्धानसँगै अन्य तोकिएको जिम्बेवारी सफलतापूर्बक सम्पन्न गर्नमा अब्बल कहलिएका डीएसपी श्रेष्ठमाथी दैलेखबासीले धेरै आशा र अपेक्षा गरेका थिए । उनले दैलेख प्रहरी प्रमुखको जिम्मेवारी सम्मालेको झण्डै एक बर्ष तीन महिनापछि सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरेको छ ।

उनी दैलेख प्रमुखको जिम्मेवारीमा रहुन्जेज, जिल्ला प्रहरी कार्यालयमा न्याय पाउने आशमा आएका पीडितहरुको मन जित्न सफल भए । केहि घटनामा उनी आलोचित समेत बने । प्रहरी कर्मचारीहरुको मनोबल बढाउन उनले गरेको कार्य प्रशंसनीय छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य प्रहरी कर्मचारीहरु डीएसपी श्रेष्ठलाई कार्यालय प्रमुखको रुपमा कुशल अभिभावक भएको बताउँछन् ।

१५ महिनासम्म दैलेख प्रहरी प्रमुखको रुपमा रहेका डीएसपी श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त लामै छ । उनले शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानसँगै अन्य तोकिएको जिम्बेवारी सफलतापूर्बक सम्पन्न गरे भने केहि नविनतम् कार्यहरुको समेत सुरुवात गरे ।

केहि चर्चित घटनाहरुको सफल अनुसन्धान

डीएसपी श्रेष्ठको कार्यकालमा दैलेख जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चित घटनाहरु घटे । उनकै नेतृत्वमा ती घटनाहरुको सफल अनुसन्धान भयो । २०७७ कात्तिक १७ गते डुङ्गेश्वर गाउँपालिका–५ सेफ्टी घर भएकी सुनिता विक डुङ्गेश्वर गाउँपालिका–६ स्थित माइती गाउँको भैसी बाध्ने जंगमा मृत फेला परिन् । हत्या गरि फालेको अवस्थामा शव भेटिएको उक्त घटनाको सफल अनुसन्धान गरी प्रतिवादी सुनिताका श्रीमान प्रेम बि.क. लाई सम्मानित अदालत मार्फत कारागर पठाईएको डीएसपी श्रेष्ठले बताए ।

उनकै नेतृत्वमा अन्तराष्ट्रिय सिंगापुर रेडक्रस सोसाईटीको नेपालको सिईओ हुँ भन्दै ठगी गर्ने सुनसरी ईटहरी उप–महानगरपालिका–४ बस्ने विद्या शर्मा नाम बताउन (विद्या सरकार) पक्राउ गरी अनुसन्धानपछि कारागार चलान गरिएको छ । उनले दैलेखका व्यापारी लगाएतलाई विभिन्न प्रलोभनमा पारी ५२ लाख १४ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

२०७७ चैत्र १४ गते आठबीस नगरपालिका–३ की सुकी बडुवाल चार छोराछोरी सहित कर्णाली नदिमा हाम फालेर आत्महत्या गरेको घटनामा सफल अनुसन्धान गरिएको डीएसपी श्रेष्ठ बताउँछन् । डीएसपी श्रेष्ठले आफ्नो कार्यकालमा पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमध्ये फरार रहेका अभियुक्तहरु जयबहादुर शाही र हरिलाल पुनलाई पक्राउ गर्न सफल भए । उनले आफ्नो कार्यकालमा घटेका केहि चर्चित घटनाहरुको सफल अनुसन्धान गरेर अपराध अनुसन्धानमा समेत अब्बल ठहरिए ।

भौतिक संरचना निर्माणदेखि सृजनशिल कार्यसम्म

डीएसपी श्रेष्ठले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका प्रहरी कार्यालयमा भौतिक पूर्वाधार निर्माण देखि केहि सृजनशिल कार्यहरु समेत भएका छन् । उनकै कार्यकालमा जिल्ला प्रहरी कार्यालय दैलेखमा शिशु स्याहार कक्षको स्थापना भएको छ भने आत्महत्या बिरुद्ध अभियानको छोटो चलचित्रको निर्माण गरिएको छ ।

उनकै कार्यकालमा मुलगेट नयाँ निर्माण, कन्ट्रोल रुम स्तरोन्नति, नागरीक सहायता कक्ष स्तरोन्नति, गोलघर वैठक कक्ष स्तरोन्नति, गोलपार्क नयाँ निर्माण (पुरानो पुतलीघरको बिस्थापन पश्चात), हिरासत कक्ष नयाँ निर्माण तथा स्तरोन्ननि, ठाडो उजुरी शाखा नयाँ निर्माण, धारापानी, तातोपानी र मोटर जडान, मेश नयाँ निर्माण, मेशमा हटकेशहरुको व्यवस्थापन, चमेना गृहको व्यवस्थापन, बहुउदेश्यीय सभाहल नयाँ निर्माण, पावर व्याट्री व्यापक नयाँ जडान, संचार भवन/व्यारेक/प्रबन्ध भवन (प्रिफ्याव) नयाँ निर्माण, शौचालय तथा स्नानघर (प्रिफ्याव) नयाँ निर्माण र सि.सि.क्यामेराहरु नयाँ जडान गर्ने लगाएतका भौतिक पूर्वाधार निर्माण र स्तरोन्नती भएका छन् ।

कोरोना नियन्त्रणमा गरिएका प्रयास

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण एवं व्यवस्थापनका लागि डीएसपी श्रेष्ठको अगुवाईमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ईच्छुक प्रहरी कर्मचारीहरुको पारिश्रमिकबाट एक थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी स्वास्थ्य सेवा कार्यालय दैलेखलाई उपलब्ध गराईएको छ ।

डीएसपी श्रेष्ठले मातहत प्रहरी कर्मचारीहरुलाई कोभिडबाट सुरक्षित राख्न प्रत्येक प्रहरी कर्मचारीहरुलाई सर्जिकल मास्क १ प्याकेट, हेण्ड सेनिटाइजर १ थान, मल्टिभिटामिन औषधी १ थान उपलव्ध गराइएको थियो । यस्तै प्रहरी कर्मचारीहरुलाई कोभिड संक्रमणबाट सुरक्षित राख्न मातहत प्रत्येक प्रहरी इकाईहरुमा आवश्यक औषधी, सेनिटाइजर, डिजिटल थर्मोमिटर र अक्सिमिटर उपलव्ध गराईएको थियो ।

विपद्मा समेत प्रहरीको सक्रियता रह्यो । डीएसपी श्रेष्ठले विपद्को समयमा पनि प्रहरी सक्रिय रहेको बताउँछन् । भुक्षय र बाढिपहिरोका १ सय २७ घटनाहरुमा उद्धार गरिएको र आगलागि नियन्त्रणका १५ घटनाहरुमा उद्धार गरिएको डीएसपी श्रेष्ठले बताए ।

ट्राफिक कारबाहीबाट ३६ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले २०७७ भदौदेखि २०७८ कात्तिकसम्म १४ महिनामा ३६ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो ।

यो अबधीमा चार हजार ३ सय ९३ सवारी साधन कारबाहीमा परेका छन् । डीएसपी श्रेष्ठका अनुसार ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्नेमा एक हजार ५० वटा बस, ७ सय ८७ वटा ट्रक, ३ सय ३६ वटा ट्याक्टर, एक हजार एक सय ५० वटा जीप, ७ सय २५ वटा मोटरसाइकल र ३ सय ५५ वटा टेम्पो रहेका छन् ।

यो अवधीमा २३ वटा बस, ११ वटा ट्रक, १८ वटा ट्याकटर, १५ वटा जीप, २० वटा मोटरसाइकल र ४ वटा टेम्पो गरी ९१ वटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटनामा १६ जनाको ज्यान गएको छ भने २९ जना शक्त घाइते भएका छन् । दुर्घटनामा १ सय ९ जना सामान्य घाइते भएका थिए । या अवधीमा ९९ पटक ट्राफिक व्यवस्थापन र जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

शान्ति सुरक्षा कायम गर्न गरिएका प्रयास

डीएसपी श्रेष्ठको कार्यकालमा बिभिन्न कार्यक्रमहरुमा समन्वय र सहकार्य गरि सुरक्षा व्यवस्थापन गरिएको थियो । राजमार्ग सुरक्षाको योजना निर्माण गरि कार्यान्वयन भइरहेको, सुचना प्राप्ति, बिश्लेषण तथा बिश्लेषण पश्चात कार्यान्वयन गरि ठुला दुर्घटना तथा घटनाहरु घट्नु अघि नै व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले बताए ।

यस्तै दैनिक रुपमा प्रहरी परिचालन व्यापक रुपमा गर्ने गरिएको, सवारी नियमको पालनामा गर्ने गराइएको, आठबिस नगरपालिका–३ स्थित हुलाकडाँडामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको डीएसपी श्रेष्ठले बताए । डीएसपी श्रेष्ठको कार्यकालमा जिल्ला प्रहरी कार्यालय दैलेखमा आउने सेवाग्राहीको संख्या १५ हजार ८ सय ९९ छ ।

२ सय १२ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले २ सय १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । दैलेख जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले १४ महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए ।

अदालतको फैसला कार्यान्वयनका क्रममा २३ लाख ८८ हजार ६ सय ५५ रुपैयाँ जरिवाना वापतको रकम असुल गरिएको डीएसपी श्रेष्ठ बताउँछन् । बिभिन्न मुद्धाहरुमा फैसला भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी कैद जरीवाना तथा बिगो रकम असुल उपर गर्ने कार्य उच्चतम सफलता प्राप्त गरी फैसला कार्यान्वयनलाई सहयोग पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेख (प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठ) लाई दैलेख जिल्ला अदालतले कदर पत्र समेत प्रदान गरेको थियो ।

३ सय १ वटा मुद्धा दर्ता, १ सय ५६ फच्र्यौट

प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले दैलेख प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १४ महिने अवधीमा (२०७७ भदौ देखि २०७८ कात्तिकसम्म) ३ सय १ वटा मुद्धा दर्ता भएका थिए । ती मध्ये १ सय ५६ वटा मुद्धा फच्र्यौट भएका छन् । दर्ता भएका मुद्धा मध्ये १ सय ३९ वटा अनुसन्धानको क्रममा रहेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार दर्ता भएका मुद्धाको अनुसन्धानका क्रममा २ सय ३८ जना प्रतिवादीलाई पक्राउ परेका थिए ।

अपराधहरु बिरुद्धको अभियान

डीएसपी श्रेष्ठकै अगुवाईमा बिभिन्न स्थानिय तहहरुमा घरेलु हिंसा, लागु औषध सेवन तथा ओसार–पसार, मानव बेचविखन तथा ओसार–पसार, बालविवाह, बहुविवाह, आत्महत्या बिरुद्धको अभियान तथा अवैध घरेलु मदिरा नियन्त्रण सम्वन्धी ७ सय ५२ पटक कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त ‘आमा (महिला) हरुको लागी लागु औषध विरुद्धको प्रशिक्षण’ कार्यक्रम गरिएको डीएसपी श्रेष्ठले बताए ।

स्कुल कलेज जनचेतनामुलक कार्यक्रम अन्तरगर्त बिभिन्न शिर्षकमा बिद्यालय स्तरमा १६ पटक कार्यक्रम गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालसँगको समन्वयमा नारायण नगरपालिकाका राटामाता, पंञ्चदेवल, बात्तथला, बसपार्क, नमुना बस्ति, देवकोटा चोक र बाँस्कोटमा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिएको थियो ।

घरेलु मदिरा नियन्त्रण अभियान

डीएसपी श्रेष्ठले दैलेख प्रहरी प्रमुखको कार्यभार सम्हालेसँगै घरेलु मदिरा नियन्त्रण अभियान पनि तिब्र बन्यो । अभियान सञ्चालनकै कारण २०७७ भदौ देखि २०७८ कात्तिकसम्म ५ हजार २ सय ७७ लिटर तयारी अवस्थामा राखिएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

यस्तै १९ हजार ९ सय १५ लिटर घरेलु मदिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ भने १ सय ५५ किलो औषधी नियन्त्रणमा लिई नष्ट गरिएको थियो । घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगर्त १ सय ८४ थान भाडा बर्तन नियन्त्रणमा लिईएको थियो ।

एक अब्बल प्रहरी अधिकृत

प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको १५ महिने कार्यकाल समग्रमा स्मरणीय रह्यो । डीएसपी श्रेष्ठको १५ महिने कार्यकाल प्रहरीले प्रवाह गर्ने सेवाप्रवाह छिटो–छरितो, चुस्त–दुरुस्त राख्नमा अब्बल रह्यो । बिभिन्न सरोकारवाला निकाय, स्थानीय तहहरुसंग साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, दैलेख जिल्ला अदालतको फैसला कार्यान्वयनमा पनि डीएसपी श्रेष्ठ उत्तिकै अब्बल ठहरिए ।

शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन, कोभिड–१९ महामारी नियन्त्रण, जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहत प्रहरी इकाईहरुको भौतिक पुर्वाधार निर्माण तथा स्तरोन्नति, सृजनशील कार्यका प्रयासहरु तथा केहि चर्चित घटनाहरुको सफल अनुसन्धान लगायत क्षेत्रहरुमा डीएसपी श्रेष्ठले गरेको कार्य स्मरणीय छ ।

आफ्नो कार्यकालमा पेशाप्रति ईमान्दार, ब्यवसायिक, निर्भीक र सक्षम प्रहरी अधिकृतको रुपमा जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धान र अन्य तोकिएको जिम्बेवारी सफलतापूर्वक सम्पन्न गरेर सरुवा भएका डीएसपी श्रेष्ठलाई दैलेख जिल्लाबासी र प्रहरी कर्मचारीहरुले सधै अब्बल प्रहरी अधिकृतको रुपमा सम्झिरहनेछन् ।

प्रतिक्रिया