काँग्रेसको प्रदेश सभा क्षेत्रमा निर्वाचन : मतदान जारी (फोटोफिचर)

काँग्रेसको प्रदेश सभा क्षेत्रमा निर्वाचन : मतदान जारी (फोटोफिचर)

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज शुक्रबार प्रदेश तहको अधिवेशन जारी छ । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान जारी छ ।

दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) को प्रदेश निर्वाचन अन्तरगर्त डुङ्गेश्वर गाउँपालिकाको माथिल्लो डुङ्गेश्वरमा मतदान भईरहेको छ । प्रदेश सभा (ख) को प्रदेश निर्वाचन दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा भईरहेको छ । दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) को प्रदेश निर्वाचन अन्तरगर्त दुल्लुमा मतदान भईरहेको छ । प्रदेश सभा (ख) को प्रदेश निर्वाचन ठाटीकाँधमा भईरहेको छ ।

सबै प्रदेश सभाहरुमा शान्तिपूर्ण ढंगबाट मतदान भईरहेको बताईएको छ । मतदान सकिए लगत्तै आजै मत गणना हुने जानकारी ज्वाला सन्देश अनलाइनलाई प्राप्त भएको छ ।

प्रतिक्रिया