काँग्रेस निर्वाचन : दैलेखका चार प्रदेशसभा मध्ये एक क्षेत्रमा संस्थापन, दुईमा पौडेल पक्ष विजयी

काँग्रेस निर्वाचन : दैलेखका चार प्रदेशसभा मध्ये एक क्षेत्रमा संस्थापन, दुईमा पौडेल पक्ष विजयी


दैलेख : नेपाली कांंग्रेस दैलेखले तीन ओटा प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्व टुंगो लगाएको छ । शुक्रवार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै तीन वटा प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्वको टुंगो लागेको हो । नेपाली काँग्रेस दैलेखका अनुसार दैलेखका तीन क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणाम अनुसार तीनमध्ये एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्ष र दुई क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रतिनिधि विजयी भएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ ।

जिल्ला सभापतिका आकांक्षी एवं दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण २ (ख) भने मतगणनाा हुन सकेको छैन । निर्वाचन मण्डलले आज विहान देखि मत गणना गर्ने कार्य सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया