दैलेखका ४ प्रदेश सभा क्षेत्रमध्ये २ वटामा कांग्रेस संस्थापनको जित

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा हालै अधिवेशन सम्पन्न भएको छ । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक भईसकेको छ ।
जसमा दुईमा संस्थापन र दुईमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरको प्यानल निर्वाचित भएको छ ।
निर्वाचन क्षेत्र नम्बर दुई (क) मा संस्थापन पक्षका टंक रिमाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस प्रदेश अधिवेशनमा दैलेखको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा संस्थापन पक्षकै उम्मेदवार खगेन्द्र शाही ‘राउटे’ विजयी बनेका छन् ।
प्रतिक्रिया