कांग्रेस अधिवेशनः जाजरकोटमा सर्वसम्मत नेतृत्व चयन

कांग्रेस अधिवेशनः जाजरकोटमा सर्वसम्मत नेतृत्व चयन

कर्णाली प्रदेश (जाजरकोट) : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जाजरकोटमा सर्वसम्मत नेतृत्व चयन भएको छ। आइतबार जिल्ला र प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो। जाजरकोटको जिल्ला सभापतिमा बेदराज सिंह चयन भएका छन्। गएको अधिवेशनमा जिल्ला सभापतिमै पराजित भएका सिंह यसपटक सर्वसम्मत चयन भएका हुन्। सभापति सिंह गएको प्रदेश सभा निर्वाचनमा पनि प्रदेश सभा (क) बाट पराजित भएका थिए।

यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा खडक विसी र रत्न खड्का, सचिवमा हरिचन्द्र बस्नेत र तेजविक्रम शाह चयन भएका छन् भने उपसचिवमा छवि पन्त चयन भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत (क) मा लिलाबहादुर शाह र (ख) मा जनकराज शर्मा चयन भएका छन् ।

प्रतिक्रिया