काँग्रेस क्षेत्रिय अधिवेशन : दैलेख क्षेत्र नम्बर १ को सभापतिमा खड्का

दैलेख : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा दशरथ खड्का विजयी भएका छन् । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर खड्काले प्रतिस्पर्धीलाई १ सय ६० मत अन्तरले पराजित गरेका छन् । खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी संस्थापन पक्षका नगेन्द्रबहादुर मल्लले ३ सय १० मत प्राप्त गरेका छन् । मल्ल डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष हुन् ।
बुधबार बिहान प्राप्त मत परिणाम अनुसार सचिव पदमा खड्का प्यानलकै प्रकाश न्यौपाने र विनोद कुमार गुरुङ्ग विजयी भएका छन् । न्यौपानेले ५ सय र गुरुङ्गले ३ सय ९० मत प्राप्त गरे । यस्तै सह–सचिवमा कृष्णकुमार दाहाल र सिताराम थापा विजयी भएका छन् । खुला तर्फ क्षेत्रिय सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी र युवराज रेग्मी विजयी भएका छन् ।
खुल्ला महिला तर्फ मानकुमारी चौधरी निर्वाचित भएकी छिन् । आदीबासी जनजाती तर्फ अनु राना विजयी भइन् । दलित तर्फ गोपाल सुनार क्षेत्रिय कार्यसमिति सदस्यमा निर्वाचित भए । दलित महिला तर्फ अस्मिता विश्वकर्मा क्षेत्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएकी छिन् । अपाङ्ग तर्फ महेन्द्र राना क्षेत्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएक छन् । खस आर्य तर्फको क्षेत्रिय कार्यसमिति सदस्यमा गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनीधिमा मणिराम रेग्मीले पाए सर्वाधिक मत
महाधिवेशन प्रतिनीधिमा खुला तर्फ मणिराम रेग्मीले सर्वाधिक मत सहित विजयी भएका छन् । उनले ५ सय १९ मत प्राप्त गरे । यस्तै खुला तर्फकै महाधिवेशन प्रतिनीधिमा गणेशबहादुर खड्का, कृष्ण कुमार बिसी, टेकबहादुर कटुवाल, गणेशप्रसाद उपाध्याय, मिना कुमारी थापा, उदयराम न्यौपाने, हरि बहादुर राना, खगेन्द्र सुनार र कर्णबहादुर शाही विजयी भएका छन् । विजयीहरुले क्रमश खड्काले ४८९, बिसीले ४७८, कटुवालले ४३२, उपाध्यायले ४०८, थापाले ३९७, न्यौपानेले ३६९, रानाले ३६१, सुनारले ३४९ र शाहीले ३३४ मत प्राप्त गरे ।
महाधिवेशन प्रतिनीधिमा विजयी खुला तर्फका १० जना मध्ये ९ जना काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । खुला तर्फ महाधिवेशन प्रतिनीधिमा विजयी मिना कुमारी थापा संस्थापन पक्ष (काँग्रेस सभापति शेरबहादुर देउवा) बाट चुनावी प्रतिश्पर्धामा उत्रिएकी थिइन् । उनले ३ सय ९७ मत प्राप्त गरिन् ।
महाधिवेशन प्रतिनीधि खुला महिला तर्फ बासना थापा, दिपा कुमारी बिसी, निर्मला थापा (खड्का) र मिना कुमारी खड्का विजयी भएका छन् । महाधिवेशन प्रतिनीधि खस आर्य तर्फ भुपेन्द्र शाही, भक्त बहादुर भण्डारी र पदमबहादुर मल्ल विजयी भएका छन् । महिला तर्फ कमला चन्द, कृष्णाकुमारी चन्द र मञ्जु कुमारी शर्मा पाण्डे महाधिवेशन प्रतिनीधिमा विजयी भएका छन् । यस्तै जनजाती तर्फ लछुमन गुरुङ्ग र जनजाती महिला तर्फ करिश्मा सिजाली मगर महाधिवेशन प्रतिनीधिमा विजयी भएका छन् ।
त्यसैगरी दलित तर्फ हिक्मतबहादुर विश्वकर्मा र दलित महिला तर्फ पशुपती सुनार महाधिवेशन प्रतिनीधिमा विजयी भएका छन् । अपाङ्गतर्फ ५११ मत सहित गणेशबहादुर बोगटी महाधिवेशन प्रतिनीधिमा विजयी भएका छन् ।
हेर्नुहोेस् मत परिणाम
प्रतिक्रिया