छात्रवृत्तिमा एमबिबिएस पढाउँदै भैरबी गाउँपालिका

छात्रवृत्तिमा एमबिबिएस पढाउँदै भैरबी गाउँपालिका

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले एमबिबिएस पढ्ने एक जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको हो । गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत रकम छात्रबृति स्वरुप प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत पंगालीका अनुसार आर्थिक बर्ष २०७८/७९ को स्वीकृत बार्षीक कार्यक्रम अनुसार नेपाल भित्रका विश्वविद्यालयबाट एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि प्रवेश परीक्षा उर्तिण गरेका गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुले छात्रबृति प्राप्त गर्नका लागि गाउँपालिकामा निवेदन दिन सक्नेछन् । यहि मंसिर १३ गतेभित्र निवेदन दिन सकिनेछ ।

छात्रबृति एमबिबिएस (मेडिकल अधिकृत) अध्ययन गर्ने विद्यार्थीले अध्ययन पुरा गरेपछि कम्तीमा ७ बर्षसम्म भैरबी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पंगालीले जानकारी दिए ।

प्रतिक्रिया