घनश्याम भण्डारीद्धारा काँग्रेस दैलेखको सभापतिमा उम्मेदवारी घोषणा

घनश्याम भण्डारीद्धारा काँग्रेस दैलेखको सभापतिमा उम्मेदवारी घोषणा

दैलेख : नेपाली काँग्रेसका युवा नेता घनश्याम भण्डारीले नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखका सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले बुधवार काँग्रेस दैलेखको सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त क्षेत्रिय अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनबाट उनि दैलेख निर्वाचन क्षेत्र नं. २ बाट सर्वाधिक मत सहित केन्द्रिय महाधिवेशन प्रतिनीधि निर्वाचन भएका छन् । दुल्लु नगरपालिकाको नगरप्रमुख समेत रहेका भण्डारी संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।

प्रतिक्रिया