लैङ्गिक हिंसा विरुद्धको अभियान : उस्तै छन् महिला हिंसाका घटना !

लैङ्गिक हिंसा विरुद्धको अभियान : उस्तै छन् महिला हिंसाका घटना !

दैलेख : २०७८ साउन अन्तिमसाता दैलेखकी एक महिलाले क्रुर यातना भोग्नु प¥यो । उनि थिइन्, भैरबी गाउँपालिकाकी २६ वर्षीया हस्तना नेपाली । पति २६ वर्षीय दिपक नेपालीले आफ्नो शरीरमा देउता चढेको निहुँ बनाउँदै तातो पानी खन्याउने तथा अगुल्टोले हानेर हस्तनालाई सख्त घाइते बनाएका थिए ।

अघिल्लो सातामात्रै दैलेखकी एक बालिका बलात्कृत भइन् । १७ बर्षीय ती बालिकामाथी ४० बर्षीय केशव सुजीले बलात्कार गरेको पीडित परिवारले जनाएको छ । सुजीले बालिकालाई विवाह गर्ने लगाएतका प्रलोभनमा पारी अरु कोहिसँग विवाह गरेमा बेईज्जत गरीदिन्छु भन्दै डर त्रास देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त घटनामा पीडक सुजीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०७४ मा चामुण्डाविन्द्रासैनी नगरपालिकाकी २१ बर्षिया तुल्सी शाहीले छोउगोठमा बसेकै कारण ज्यान गुमाउनु प¥यो । महिनावारी भएको समयमा गोठमा बसेकै बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेर घाइते भएकी तुल्सीलाई अस्पताल पु¥याउनुको साटो धामीझाँक्रीको भर पर्दा उनले ज्यान गुमाइन् ।

यी लैङ्गिक हिंसाका केही प्रतिनिधिमूलक घटना हुन् । जिल्लामा घरेलु हिंसा, यौन शोषण, छाउप्रथा लगाएतका अपराधबाट महिला तथा बालिका पीडित हुने क्रम घटेको छैन् । महिला र बालिकामाथि हुने हिंसा र दुव्र्यवहार रोकिएका छैनन् । प्रहरी र महिला र बालबालिकाको सवालमा काम गरिरहेका गैरसरकारी संघसंस्थाको तथ्यांकमा महिला र बालिकाविरुद्ध हिंसामा अझै कमी आउन सकेको छैन् ।

२०७७ भाद्रदेखि २०७८ कात्तिकसम्ममा १ सय ५८ वटा महिला हिंसा र ६१ वटा लैङ्गिक हिंसाका घटना जिल्ला प्रहरी कार्यालय दैलेखमा पुगेका थिए ।

यता बाल हेल्पलाइन १०९८ तथा महिला र बालबालिका केन्द्रमा आर्थिक बर्ष २०७६/०७७ मा महिलाविरुद्ध १ सय ७३ र बालिकाविरुद्ध २ सय ८७ घटना आएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा महिलाविरुद्ध २ सय ६६ र बालिकाविरुद्ध ३ सय ९२ घटना र चालु आवको हालसम्म महिलाविरुद्ध ६६ र बालिकाविरुद्ध ४५ घटना बाल हेल्पलाइन र महिला बालबालिका सेवा केन्द्रमा आएको छ ।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाल अन्तरर्गत सञ्चालित बाल हेल्पलाइन १०९८ तथा महिला र बालबालिका केन्द्रमा घरेलु हिंसा, कुटपिट, गाली बेईजत, यौन शोषण, जर्बजस्ती करणी, जर्बजस्ती करणी उद्योग, मानव बेचबिखन तथा ओसारपसारबाट पीडित महिला र बालिकाहरु आउने गरेको श्रेष्ठ बताउँछिन् । श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकारले प्रयाप्त बजेट बिनियोजन गरेर सबै खाले हिंसा अन्त्य गर्न टोलबस्तीमा विशेष अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइन् । लैङ्गिक हिंसा न्यूनिकरणका लागि स्थानीय सरकार हुनु पर्ने जती जवाफदेहि नभएको अधिकारकर्मीहरु बताउँछन् ।

महिला र बालिकामाथी हुने सबै खाले हिंसा अन्त्यका लागि जिल्लामा सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तरपनि यसको न्यूनीकरणमा चुनौती देखिएको छ । घर, कार्यस्थल र समाजमा महिलाहरू हिंसामा पर्दै आएका छन् । यस्तै बालिकाहरु घर, समाज देखि विद्यालयमा समेत हिंसा र दुव्र्यवहारमा पर्ने गरेका छन् ।

समाजमा बालविवाह, जबरजस्ती करणी, यौन शोषण तथा महिलामाथि थुप्रै खाले हिंसा बढिरहेको बाल अधिकारकर्मी प्रभाकुमार विक बताउँछन् । उनले महिला हिंसामा कमी ल्याउन कानूनको प्रभावकारी कार्यान्वयनसँगै समाजको चेतनास्तर पनि बढाउनुपर्ने बताए ।

बिहीवारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ । दैलेखमा पनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु तय गरेका छन् ।

नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड ः इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि हरेक बर्ष गरिने अभियान र मनाइने दिवसीय कार्यक्रमहरुले हिंसा पीडित महिला र बालिकाको पीडामा मल्हम लगाउन भने सकेको छैन ।

प्रतिक्रिया