तीनबर्षदेखि बाबुबाटै पटक–पटक बलात्कृत !

तीनबर्षदेखि बाबुबाटै पटक–पटक बलात्कृत !

हिक्मतबहादुर नेपाली

दैलेख : आमा माइती घरमा गएकी थिइन् । घरमा भाईबहिनी र बुबा थिए । मध्यराती भाईबहिनीसँग सुतिरहेको बेला बाबु एक्कासी कोठाभित्र पसे । उनका शरिर सुम्सुम्याउन थाले । उनले आफूमाथी के हुँदै थियो भन्ने मेसो समेत पाइनन् । बुबालाई यो के गर्नु भएको भन्दा ‘चुप लाग भाईबहिनीले थाहा पाउँछन् भन्दै थर्काउन थाले ।’ उनले नाई भनिन् । चिच्याउन खोजिन् तर, बाबुले मुख बुझिदिए । त्यसपछि बेहोसझैं भइन् । होस्मा आएपछि उनलाई थाहा भयो, ‘आफ्नै बाबुबाट बलात्कारको सिकार बनेछु ।’

यो घटना तीन बर्षअघिको हो । उनि त्यसबेला कक्षा ९ मा अध्ययनरत थिइन् । यसबारे उनले कसैलाई भन्न सकिनन् । यो क्रम त्यतिमै सीमित रहेन्, पटक–पटक दोहोरियो । उक्त घटनापछि उनि बिरामी परिन् । काप्ने, चिच्याउने, बर्बराउँदै बेहोस् हुन थालिन् । उनका बुबाले त्यसैले फाइदा उठाउँदै गए । आमा र भाईबहिनी घरमा नभएको बेला उनि बाबुबाटै बलात्कारको सिकार बनिरहिन् ।

आफैले जन्माएको छोरी आफ्नै पतिबाट बलात्कृत हुँदै आएको उनकी आमालाई पनि थाहा थियो । तर, समाजमा बेईज्जत हुने डरले उनकी आमाले पनि मुख खोल्न सकिनन् । पीडित हुन्, दैलेखकी १७ बर्षीया बालिका । जो तीनबर्षदेखि ३६ बर्षीय आफ्नै बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ । उनि हाल कक्षा १२ मा अध्ययनरत छिन् ।

आफ्नैछोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३६ बर्षीय पुरुष ।

बाबुबाटै निरन्तर बलात्कृत हुँदै आएकी ती बालिका बाबुले दिएको पीडा सहन् नसकेर गत भदौ अन्तिम साता उनि घरबाट भागिन्् । घरबाट भागेर उनले दैलेखकै एक होटलमा काम गर्न थालिन् । त्यहाँ उनले महिनादिनसम्म काम गरिन् । त्यसपपछि उनी सुर्खेतस्थित आफन्तका शरणमा पुगेकी थिइन् । उक्त घटनाबारे अधिकारकर्मीसम्म आईपुगेपछि उनलाई सुर्खेतबाट उद्धार गरी दैलेख ल्याईएको छ । बालिकालाई उद्धार गरेपछि प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले आफ्नै छोरीमाथी तीनबर्षदेखि पटक–पटक बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार पीडित बालिकाको आमाले छोरी बलात्कार गर्ने पतिविरुद्ध जाहेरी दिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले ती पुरुषले आफ्नै छोरीलाई डरत्रास र विभिन्न प्रलोभन देखाई विगत तीन बर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ ।

पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको डीएसपी शाहले बताए । यता जिल्लास्थित अधिकारकर्मीहरुले आफ्नै छोरीमाथी तीनबर्षदेखि बलात्कार गर्ने बाबुलाई हदैसम्मको कानूनी कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया