काँग्रेस दैलेखको अधिवेशन : नयाँ नेतृत्व चयनको लागि मतदान जारी (फोटोफिचर)

काँग्रेस दैलेखको अधिवेशन : नयाँ नेतृत्व चयनको लागि मतदान जारी (फोटोफिचर)

तस्विरहरु : हिक्मतबहादुर नेपाली (मतदानस्थलबाट)

दैलेख : नेपाली काँग्रेस दैलेखको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भईरहेको छ । दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा मतदान भईरहेको छ । जिल्ला सभापति, दुई उपसभापति, दुई जना सचिव, दुई जना सह–सचिव सहित कार्य समिति सदस्यहरु चयनका लागि मतदान भएको हो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि संस्थापन समुह (काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर (काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी मैदानमा उत्रिएको छ ।

काँग्रेस दैलेखको सभापतिमा देउवा पक्षका युवा नेता घनश्याम भण्डारी र रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी चुनावी प्रतिश्पर्धामा उत्रिएका छन् । सभापतिका दुवै जना उम्मेदवार आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया