कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्रीमा विन्दमान विष्ट नियुक्त

कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्रीमा विन्दमान विष्ट नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई मन्त्री नियुक्तका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

प्रदेश सभामा मंगलबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विष्टलाई मन्त्री सिफारिस गरेको थियो । उनी सुर्खेत २ ‘ख’ बाट निर्वाचित सांसद पनि हुन् । माओवादी केन्द्रले अहिले विष्टबाहेक अन्य कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सकेको छैन । विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो ।

प्रतिक्रिया