दैलेख सदरमुकाम क्षेत्रमा एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइने

निणर्य हुन्छ, कार्यान्वयन हुँदैन्
दैलेख : दैलेख सदरमुकामको साँधुरो सडक । स्थानीय व्यापारिहरूको लापरबाही र सडक छेउमै घर निर्माण लगाएतका सामग्रीहरू राख्नाले अस्तव्यस्त सडकमा ओहोर दोहार गर्ने सावारी साधनहरूबीच सडकमै तमासे बनेका हुन्छन् । जसका कारण पटक–पटक साना दुर्घटनाहरू भइरहेका छन् । साँधुरो सडकमा दुईतर्फी यातायात सञ्चालनले दैलेख सदरमुकामको बीच सडकमा बेला–बेला जाम समेत हुने गरेको छ ।
दैलेख सदरमुकाम प्रवेश गर्ने र सदरमुकामबाट बाहिरिने सावारी साधनहरू एकतर्फी बनाउन पटक–पटक सर्वपक्षीय निर्णयहरु पनि भएका छन् । २०७३ भदौ २३ गते दैलेखका तत्कालिन प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकले यातायात सञ्चालनमा कडाई गर्ने निर्णय गरेको थियो । त्यसयता ‘दैलेख सदरमुकाम क्षेत्रमा एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइनेछ ।’ भन्दै पटक–पटक निर्णय हुँदै आएको छ । तर ती निर्णयहरु कागजमै सीमित भएका छन् ।
दैलेख सदरमुकामको बजार क्षेत्रमा यातायात सञ्चालन सम्बन्धी यसअघि गरिएका निर्णयहरू ठोस् रूपमा कार्यान्वयन भने आउन सकेको छैन् । हालै ट्राफिक व्यवस्थापनका लागि थप अर्को निणर्य भएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा डीएसपी भुवनेश्वर प्रसाद शाह, सरोकारवाला निकाय र यातायात व्यवसायीहरुको समेत उपस्थितीमा बसेको बैठकले विभिन्न ६ वटा निणर्यहरु गरेको छ ।
जिल्लास्थित नारायण नगरपालिकाबाट सञ्चालन हुने सवारी साधनहरु सञ्चालन र पार्कका लागि काँडाचौर बसपार्कबाट हुने व्यवस्था मिलाउने निर्णय भएको छ । यस्तै नारायण नगरपालिकाबाट पश्चिममा पर्ने स्थानीय तहबाट दैलेख बजार तर्फ सवार हुने यात्रु बाहक बस तथा मालबाहक सवारी साधनहरुले अनिवार्य रुपमा मध्यपहाडी राजमार्गको रुट मात्र प्रयोग गर्न पाउने निणर्य भएको छ ।
दैलेख बजार क्षेत्रको दक्षिण तर्फबाट बजार क्षेत्रमा प्रवेश गर्ने यात्रुवाहक र मालबाहक सवारी साधनहरुले मालपोत कार्यालयबाट उत्तर तर्फको दैलेख सुर्खेत सडक खण्डको रुट मात्र प्रयोग गर्न पाउने लगाएतका निर्णयहरु भएका छन् । दैलेख बजार क्षेत्रमा सवार हुने विद्यालयका सवारी साधनहरुले अनिवार्य रुपमा विहान साढे ९ अघि र बेलुका साढे ४ बजे अघि बजार क्षेत्रबाट विद्यार्थी ल्याउने र पु¥याउने व्यवस्था मिलाउनुपर्ने निणर्य समेत भएको छ ।
दैलेख बजार क्षेत्रमा सवार हुने मालबाहक सवारी साधनहरुले बजार क्षेत्रमा सवारी आवागमन अबरुद्ध नहुनेगरी साँझ ६ बजेदेखि विहान ८ बजेभित्रको समयमा सामग्रीहरु लोड अनलोड गरी बजार क्षेत्रबाट प्रस्थान भईसक्ने प्रबन्ध गर्नुपर्ने समेत निणर्य भएको छ ।
यस्ता छन् ट्राफिक व्यवस्थापनका भएका निणर्यहरु
प्रतिक्रिया