कांग्रेस महाधिवेशन : कर्णाली प्रदेश प्रथम महाधिवेशन उद्घाटन (फोटोफिचर)

कांग्रेस महाधिवेशन : कर्णाली प्रदेश प्रथम महाधिवेशन उद्घाटन (फोटोफिचर)

सुर्खेत : नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तरगर्त आजदेखि प्रदेश महाधिवेशन सुरु भएको छ । सोहि अनुसार कर्णाली प्रदेशको पहिलो प्रदेश महाधिवेशन पनि सुरु भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको पहिलो प्रदेश महाधिवेशन उद्घाटन गरिएको छ । प्रदेश महाधिवेशनकाे नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका हुन् ।

कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया