एशियन लाइफ इन्स्योरेन्स दैलेखद्धारा मृत्यु दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स दैलेखद्धारा मृत्यु दावी भुक्तानी

दैलेख : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीको दैलेख शाखाले मृत्यु दाबीको १ लाख २६ हजार ८९ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का खगेन्द्रबहादुर शाहीको परिवारलाई परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेखका शाखा प्रबन्धक डम्मर ढकालका अनुसार शाहीका पत्नि धिरजकुमारी शाहीलाई मुत्यु दाबी बापतको चेक हस्तान्तरण गरिएको हो । मृतक शाहीले १ लाख २५ हजार रुपैयाँ बिमांकको सर्वाधिक जीवन बिमा गरी पहलो बिस्ता बापत रु १० हजार ३ सय ५९ रुपैयाँ जम्मा गरेका थिए । शाहीको परिवारमा पत्नि र तीन छोरा छन् ।

मुत्यु दाबी बापतको चेक हस्तान्तरण कार्यक्रममा चामुन्डाविन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष टिकाराम शाही, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेखका शाखा प्रबन्धक डम्मर ढकाल, सिनियर एजेन्सी मेनेजर ललिता थापा लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया