दैलेखमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

दैलेखमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

दैलेख : दैलेखमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयको समन्वय, एनएमबी बैंकको प्रायोजन तथा नारायण नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेख÷दैलेख अस्पतालमा दुई दिने शिविर सञ्चालन गरिएको हो ।

शुक्रवारदेखि सुरु भएको शिविर आज शनिवार सकिदैँछ । निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन करिब एक हजार एकसय जनाले आफ्नो स्वास्थ्य जाँच गराई सेवा लिएको स्वास्थ्य सेवा कार्यालयका नन्दलाल जैसीले जानकारी दिए ।

शिविरमा मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम,मृगी, मानसिक, यौन समस्या, आँखा, दाँत, नाक, कान, घाँटी, मुख स्वास्थ्य, प्रसूति सेवासम्बन्धी समस्या, छाला, प्लास्टिक सर्जरी, बालरोग, सम्बन्धी विशेषज्ञहरूद्वारा निःशुल्क परिक्षण साथै औषधी निःशुल्क वितरण गरिएको आयोजक नारायण नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सहसंयोजक लालबहादुर खड्काले जिल्लामा पहिलो पटक धेरै बिशेषज्ञ चिकित्सक बोलाएर एकै स्थानबाट सेवा दिएको बताए ।

शुक्रवारबाट सञ्चालन भएको दुईदिने शिविरको उद्घाटन प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले गरेका थिए । सांसद शर्माले जनतालाई निःशुल्क स्वास्थ्य परिक्षण, औषधि वितरणजस्तो पुण्यकार्य गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

प्रतिक्रिया