कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु

जुम्ला : कर्णालीमा स्वाथ्यको समस्या सधैं चुनौतिको विषय बनिरह्यो। कयौं सिटामोलको अभावमा मृत्युवरण गर्न बाध्य हुन्छन्। पोष्टमार्टमका लागि नेपालगञ्ज र सुर्खेतबाट डाक्टर बोलाउँदा नआएर लाश गनाउँदा गनाउँदै चितामा पुर्याउनु पर्ने कर्णालीको बेथा नै थियो। तर त्यही कर्णालीमा अब एमबीबीएसको पढाइ सुरु गरिएको छ।

हिमालको काखमा अब सेता कोट लाएका मानिस हिंड्ने छन्।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  एमबीबीएस पढाइ सुरु भएको छ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो प्रयास र मेहनतपछि एमबीबीएस पढाइ सुरेको हो । भौगोलिक विकटताले निकैपछि परेको कर्णालीमा यातायात विद्युत संचारको राम्रो ब्यवस्था नहुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाइ सुचारु गर्न यति लामो समय लागेको हो।

अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएसमा २० सिट, बीएमएसमा २० सिट, बिपिएचमा २० सिट, बि फार्मेसीमा २० सिटको पढाइ सुरु भएको हो।  २०६८ सालमा जुम्लाको खलङ्गामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला लगायत समर्ग कर्णाली क्षेत्रको स्वास्थ्यमा महत्वपुर्ण योगदान दिंदै आएको छ। २०७३ सालबाट एमबीबीएस अध्ययन अनुमतिको लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुनमा एमबीबीएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो ।

एमबिबिएसएस स‌ंचालनको लागि प्रतिष्ठानसँग ३०० बेडको आफ्नै अस्पताल, ल्याव, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन, प्रध्यापकहरु छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ९ वटा कार्यक्रम स‌ंचालन हुँदै आएकोमा अब एमबीबीएसको पढाइ पनि सुरु हुने भएपछि केही वर्षमा प्रतिष्ठानले काचुली फेर्ने बताउँछन् प्रध्यापक डक्टर दिनेश बास्तोला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन सरकारी शिक्षालय भएकाले र कर्णाली जस्तो हावा पानी मिलेको ठाँउमा भएकाले पनि आफू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजेको सिन्धुलिकी अपेक्क्षा पराजुली बताउँछिन्।

पूर्वी तराईको महोतरीबाट पश्चिमको हिमाली जिल्ला जुम्लामा अध्ययनका लागि आएका सुनिलकुमार मण्डल कर्णालीमा आएर एमबीबीएस पढ्न पाउँदा निकै खुसी रहेको बताए। यस प्रतिष्ठानमा काम गर्ने प्रध्यापक अनुभवी रहनु र सहरी क्षेत्रको जस्तो अस्तब्यस्त नहुनु यस प्रतिष्ठानको आकर्षण रहेको मण्डल बताउँछन्। धेरै चुनौति झेलेर एमबीबीएस सुचारु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले आगामी दिनमा पनि थप चुनौती सामना गर्नुपर्ने हुनसक्छ। त्यसका लागि स्थानीयवासीदेखि सरकारबाट सहयोग गर्नुपर्ने हुनसक्छ।

प्रतिक्रिया