जलवायूमैत्री कृषि नमूना गाउँ बन्दै नाउली

जलवायूमैत्री कृषि नमूना गाउँ बन्दै नाउली

दैलेख : जिल्लाको आठबीस नगरपालिका वडा नं. ८ स्थित नाउली गाउँलाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको अगुवाईमा उक्त नाउलीलाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको हो ।

डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित साकार परियोजनाको सहयोगमा नाउलीलाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको हो । परियोजनाले नाउलीका २५ घरधुरीलाई समेटेर जलवायूमैत्री कृषि नमूना गाउँ निर्माण गर्न लागेको  हो ।

नाउलीलाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन हरेक घरलाई पलाष्टिक टनेल, तरकारी खेतीका लागि बीउ विजन तथा भकारो सुधारका लागि सहयोग गर्ने परियोजना संयोजक पुस्करप्रसाद शर्माले बताए । उनका अनुसार गाउँमा सरसफाईसँग सम्बन्धीत चाङ निर्माण, पलाष्टिक पोखरी निर्माणमा समेत स्थानीयलाई सहयोग उपलब्ध गराइनेछ ।

परियोजनामार्फत स्थानीयले प्राविधिक सहयोग समेत प्राप्त गर्नेछन् । गाउँमा अर्गानिक उत्पादनलाई जोड दिईएको परियोजना संयोजक शर्माले जानकारी दिए । जलवायूमैत्री कृषि नमूना गाउँ बनाउनका लागि अहिले पलाष्टिक घर निर्माण, भकारो सुधार, पलाष्टिक पोखरी निर्माण लगाएतका काम भईरहेको बताईएको छ ।

प्रतिक्रिया