सोसेकको सहयोगमा जलवायूमैत्री कृषि नमूना गाउँ बन्दै भण्डारी टोल (फोटोफिचर)

सोसेकको सहयोगमा जलवायूमैत्री कृषि नमूना गाउँ बन्दै भण्डारी टोल (फोटोफिचर)

दैलेख :  जिल्लाको दुल्लु नगरपालिका वडा नं. ४ भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको     छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोग तथा अगुवाईमा भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको हो ।

यहाँ यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

उक्त परियोजनाको सहयोगमा भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन लागिएको हो । परियोजनाले भण्डारी टोलका ३० घरधुरीलाई समेटेर जलवायूमैत्री कृषि नमूना गाउँ निर्माण गर्न लागेको हो ।

भण्डारी टोललाई जलवायूमैत्री कृषि नमूना गाउँ बनाउन हरेक घरलाई पलाष्टिक टनेल, तरकारी खेतीका लागि बीउ विजन तथा भकारो सुधारका लागि सहयोग गरिएको परियोजनाका कृषि प्राविधिक संगम विष्टले बताईन् । उनका अनुसार गाउँमा सरसफाईसँग सम्बन्धीत चाङ निर्माण, फोहोर फाल्ने खाडल, पलाष्टिक पोखरी निर्माणमा समेत स्थानीयलाई सहयोग उपलब्ध गराइएको छ ।

गाउँमा अर्गानिक उत्पादनलाई जोड दिईएको छ । जलवायूमैत्री कृषि नमूना गाउँ बनाउनका लागि अहिले पलाष्टिक घर निर्माण, भकारो सुधार, पलाष्टिक पोखरी निर्माण लगाएतका काम भईरहेको बताईएको छ । परियोजनामार्फत स्थानीयले प्राविधिक सहयोग समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया