आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुन्छ : नेपाल

आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुन्छ : नेपाल

सल्यान : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन् । एमसीसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने तथा एमसीसीको गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाइ छ ।

समाजवादी प्रेस संठन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुने बताए । ‘एमसीसीको अन्तरवस्तु र जनताको भावनालाई बुझेर मात्र यसलाई अगाडि बढाउछौँ’, अध्यक्ष नेपालले भने, ‘एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन ।’

अर्को एक प्रसङ्गमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनलाई टुटाउन दक्षिणपन्थी शक्ति लागि परेको बताए । दक्षिणपन्थी शक्तिको नेतृत्व नेकपा (एमाले) अध्यक्ष केपी ओलीले गरेको उनको आरोप छ । एमसीसीलाई दाउपेच बनाएर गठबन्धन टुटाउन एमाले अध्यक्ष ओलीले गरेको प्रयास सफल नहुने दाबी अध्यक्ष नेपालले गरे ।

अहिलेको अवस्थामा निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताउँदै अध्यक्ष नेपालले सरकार सञ्चालनका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन आवश्यक रहने उल्लेख गरे । उनले सल्यानमा आयोजित अगुवा कार्यकता प्रशिक्षणमा सहभागि समेत भए । प्रशिक्षणलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले पार्टी नीतिविरुद्ध केपी ओली अघि बढेकाले एमालेबाट विद्रोह गरेको बताए ।

प्रतिक्रिया