चिसो बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?

चिसो बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?

सुर्खेत : चिसो मौसम छ । यतिबेला जो सुकैले चिसो हुनबाट जोगिन आवश्यक छ । चिसो मौसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । चिसोको कारण ज्येष्ठ नागरिक जोखिममा रहन्छन् ।

चिसो मौसममा आगो ताप्नका लागि प्लाष्टिक, दाउरा बाल्ने गर्दा बालबालिकामा दम रोग देखा परेको प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी बताउछन् । चिसोका कारण बालबालिकालाई हुनसक्ने सम्भावित जोखिम र त्यसका रोकथामका विषयमा डा. केसीसगरिएको कुराकानी ।

१. चिसो मौसममा बालबालिका कत्तिको जोखिममा पर्दछन् ?

– चिसो मौसममा अन्य मानिसको तुलनामा बालबालिका उच्च जोखिममा रहन्छन् । तौलका हिसाबले कम हन्छ भने उनिहरुको छालामा न्यानोपन बनाउने बोशो कम हुन्छ । जसलाई ‘ब्राउन एडिपोज टिस्यु’ भनिन्छ । जसले गर्दा बालबालिकाको शरिरमा हुने न्यानोपन हराउने सम्भावना धेरै रहन्छ ।

२. यस समयमा बालबालिकामा कस्ता खालका रोग देखापर्न सक्छन् ?

– चिसो मौसमलाई लापरबाही गर्दा बालबालिकामा रुघा, खोकी, दम, निमोनिया, डायरिया जस्ता रोगहरु लाग्ने गरेका छन् ।

३. बालबालिकालाई चिसो हुनबाट जोगाउन कस्ता उपाय अपनाउने ?

– विशेष गरी बालबालिकाको हात, खुट्टा र टाउकोलाई राम्रोसँग ढाकछोप गरेको हुनुपर्दछ । यी भागहरु नांगो छोड्नाले अधिक चिसो हुनगई बालबालिका विरामी पर्दछन् । बालबालिकाको शरिरमा दुई ‘लियर’ कपडा अनिवार्य लगाएको हुनुपर्दछ । बालबालिकालाई चिसो मौसममा खेल्न दिइएको हुदैन । त्यसो गर्नु गलत हो । उनिहरुलाई ‘ईनडोर’ खेलहरु खेल्न दिनुपर्छ । यसले गर्दा उनिहरुको शरिरमा उर्जा दिन्छ र तातोपन सिर्जना गर्दछ । त्यसले गर्दा बालबालिका फुर्तिलो रहन्छन् भने चिसोको जोखिमबाट बच्छ ।

४. बालबालिकालाई कस्ता खानेकुरामा जोड दिने ?

– बालबालिकाले चिसोमा पानी कम खानेरखुवाउने गरिन्छ । तर त्यो खतरा हुन्छ । उनिहरुलाई जतिसक्दो धेरै मनतातो पानी खुवाउनु पर्दछ । जसको लागि झोलिलो दाल, गेडागेडीको रस लगायतका खानेकुराका मात्रा बढाउनुपर्दछ । बालबालिलाई फलफुल, हरियो सागपातले चिसो लाग्छ भन्ने मान्यता रहेका छन् तर त्यो गलत हो । उनिहरुलाई नियमित रुपमा फलफुल, हरियो सागपात खुवाउनुपर्दछ । यसमा पाइने भिटामिनले चिसोमा लाग्ने निमोनिया, डायरीया जस्ता रोगहरु लाग्नबाट जोगाउछ भने बालबालिकाको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ ।

५. चिसोको कारण कुनै लक्षण देखिएमा के गर्ने ?

– बालबालिकालाई चिसाको कारण रुघा, खोकी, ज्वरो लगायतका लक्षणहरु देखा पर्दछन् । उनिहरुलाई त्यस्ता लक्षण देखिएको लामो समयसम्म निको नभए समयमै स्वास्थ्यकर्मी वा चिकित्सकसँग उपचारको लागि लैजानुपर्छ । रुघा, खोकी सहित बालबालिकालाई ज्वरो आएमा तत्काल स्वास्थ्यकर्मीकहाँ लैजानुपर्छ । उनिहरुमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण हुनपनि सक्छ । कर्णाली प्रदेशमा दशैं तिहारदेखि बालबालिकामा डेंगु संक्रमण देखिएको छ । साथै, उनिहरुमा ‘स्क्रव टाइफस’ रोग समेत देखा परेका छन् । ‘स्क्रव टाइफस’ मुसाको कानमा हुन्छ । बालबालिकाले खाली खुट्टा हिड्दा यो व्यक्तिहरुमा सर्छ ।

६.बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयले कस्तो भुमिका निर्वाह गर्ने ?

– बालबालिका घरमा भन्दा धेरै समय विद्यालयमा रहन्छन् । त्यसैले बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयको पनि विशेष भुमिका रहन्छ । उनीहरुको बस्ने ठाउँ व्यवस्थापन, खेल्ने ठाउँ लगायतका विषयमा विशेष ध्यान दिएको हुनुपर्दछ । बालबालिका चिसिएका छन् की, कुनै रोगका लक्षणहरु देखा परेका छन् की छैनन् । यस्ता कुरामा ध्यान दिएको हुनुपर्दछ । साथै, बालबालिकालाई ‘आउट डोर’ भन्दा ‘इनडोर’ खेलहरु बढि खेलाउनु पर्दछ । दुल्लुखबरको सहयोगमा ।

प्रतिक्रिया