बहुविवाह गर्ने पक्राउ

बहुविवाह गर्ने पक्राउ

दैलेख : दैलेख प्रहरीले बहुविवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला बिहीवार दैलेखको नारायण नगरपालिका वडा नं.८ थापा टोल सिमाडा बस्ने बिमला थापाको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका वडा नं. ८ थापाटोल सिमाडा बस्ने ३१ बर्षीय प्रेम थापा र नारायण नगरपालिका वडा नं. १२ बिन्ध्यावासिनी बस्ने २३ बर्षीया कृष्णा कुमारी रोकाया रहेको प्रहरीले जनाएको छ ।

उनिहरु विरुद्ध बहुविवाह मुद्धामा शुक्रवार दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया