कालिकोटको पलाँतामा कृषि मेला प्रर्दशनी

कालिकोटको पलाँतामा कृषि मेला प्रर्दशनी

दैलेख : कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र पलाँता गाउँपालिकाको समन्वय तथा पलाँता युवा संजालको आयोजनामा कृषि मेला प्रर्दशनी सम्पन्न भएको हो । बारी बारीका तरकारी, घरघरमा रोजगारी भन्ने मुल नारा सहित कृषि मेला प्रर्दशनी सम्पन्न भएको हो ।
पलाँता गाउँपालिका– ६ नेटामा कृषि मेला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको थियो । कृषि मेला प्रर्दशनीमा स्थानीय ८८ जना कृषकहरुले आआफ्नो बारीमा उत्पादित तरकारी बाली प्रर्दशनीमा ल्याएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिईन् । कार्यक्रममा उत्कृष्ठ कृषकहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
हेर्नुहोस् तस्विरहरु

प्रतिक्रिया