भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ

जाजरकोट : भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।

‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं, अदालतबाट म्याद थपाएर केही बेरमा सार्वजनिक गछौं, ‘उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय बीस रुपैयाँ नगद पनि बरामद भएको छ,’ डीएसपी थापाले भने ।प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया