प्रहरी कर्मचारी पुरस्कृत

प्रहरी कर्मचारी पुरस्कृत

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका    छन् । शान्ती सुरक्षा अमनचयन कायम राख्न र अपराध नियन्त्रण गर्न उल्लेखनिय कार्य गरी उत्कृष्ट क्षमता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मंसिरदेखि हालसम्म चोरी नियन्त्रण, लागुऔषध सेवन गर्ने ब्यक्तिहरु नियन्त्रण, अबैध काठ चोरी निकासी नियन्त्रण तथा विधुतिय धार (करेन्ट) लगाई माछा मार्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आफ्नो कर्तब्य जिम्मेवारीपुर्वक सम्पन्न गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहले बताए ।

पुरस्कृत हुनेमा प्रहरी हवल्दारहरु नन्दबहादुर परियार, रमेश खत्री र डेगेन्द्र बहादुर रावल छन् । यस्तै प्रहरी जवानहरु गोपाल बोहरा, बिरबहादुर सुनार, रमेश बिसी र ज्ञानेन्द्र घर्ती पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीलाई डीएसपी शाहले कदर स्वरुप नगद पुरस्कार प्रदान गरेका छन् । डीएसपी शाहले अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया