लैङ्गिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रणबारे अभिमुखिकरण

लैङ्गिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रणबारे अभिमुखिकरण

दैलेख : दैलेख सदरमुकाममा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा, अपराध तथा लागु औषध नियन्त्रण र उपभोक्ता हित संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा आयोजित अभिमुखिकरणमा जिल्लाका विभिन्न स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारी, प्रहरी तथा पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद कोइलालाले उपभोक्ता हित संरक्षण सम्बन्धी प्रस्तुतीकरण प्रस्तुतसँगै सहजिकरण गरेका थिए । कोइरालाको प्रस्तुतीकरणसँगै उपभोक्ताको हक हितबारे छलफल गरिएको थियो ।

छलफलमा सहभागिहरुले जिल्ला सदरमुकामसँगै स्थानीय तहका व्यापारिक केन्द्रमा मुल्य बृद्धिदेखि कालोबजारीसम्मका समस्या रहेको बताईएको थियो । प्रस्तुतीकरणमा नेपालको संविधान २०७२ को धारा ४४ मा समावेश भएको उपभोक्ताको हक, उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बारे जानकारी समेत गराईएको थियो ।

कार्यक्रममा अधिवक्ता छवि सुवेदीले लैङ्गिक हिंसा सम्बन्धी प्रस्तुतीकरण राखेका थिए । अपराध अनुसन्धान र रोकथामबारे जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे र लागु औषध नियन्त्रण सवालमा अधिवक्ता टेकबहादुर केसीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया