एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन (फोटोफिचर)

एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन (फोटोफिचर)

 


दैलेख : नेकपा एमालेको सातौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । जिल्ला सदरमुकामस्थित कबर्ड हलमा अधिवेशन उद्घाटन गरिएको हो । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

एमालेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट अध्यक्ष ओलीले दैैलेखसहित भूगोलका ६१ जिल्ला र दुई विशेष जिल्लाका अधिवेशनहरू उद्घाटन तथा विशेष सम्बोधन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर बुढा, केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य धर्मराज रेग्मी, केन्द्रीय सदस्य सुर्यकुमारी श्रेष्ठ र मीना सिंह रखाल , एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा लगाएत केन्द्र, प्रदेश र जिल्लास्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।

तस्विरहरु : हिक्मतबहादुर नेपाली

प्रतिक्रिया