घोडाबासमा नेकपाकाे जनसभा

घोडाबासमा नेकपाकाे जनसभा

दैलेख : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखले जनसंगठन विस्तारको गाउँअभियान अन्तरगत शनिवार गुराँस गाउँपालिका–४ को घोडाबासमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । बैज्ञानिक समाजबादका लागि जनमत संग्रह र जनसम्बन्ध सुदृढ अभियानको क्रममा भएको कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले संसदीय निर्वाचनले अहिले देखिएको राजनीतिक संककटको समाधान दिन नसक्ने बताए ।

संदीय निर्वाचनबाट दलाल, भष्ट्राचारी र कमिसन खोरहरुले चुनाव जितेर देश लुटेको कुरा उल्लेख गर्दै जनतालाई लुट्ने ब्यबस्थालाई बलियो बनाउने संसदीय निर्वाचनको बिकल्पमा जनतालाई अधिकार सम्पन्न बनाउने जनमत संग्रहको उनले माग गरे ।

देउवा सरकारले राष्ट्रघाती एमसीसी संसदबाट पास गरेमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चुनौती दिए । देशको स्वाधीनता बचाउन सबै सच्चा कम्यूनिष्टहरु, देशभक्त शक्ति र सच्चा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने कुरामा सेक्रेटरी दिपेन्द्रले जोड गरे ।

कार्यक्रमा नेकपा दैलेखका सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज बिश्वले स्थानीय सरकारले जनहित र कल्याणकारी काम गर्न नसकेकोले जनतामा संघीय प्रणालीप्रति नै निराशा छाएको धारणा राखे ।

नेकपा दैलेखका सदस्य बिराटको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दैलेखका सदस्य तथा आठवीस नगर समिति इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्दीय सदस्य सुदर्शन, नेकपा दैलेखका सदस्य तथा ठाँटीकाध गाउँ समिति इन्चार्ज क्षितिज अतिथि रहेका थिए ।

कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सदस्य क्रान्ति र स्वागत मनतव्य बम बडुवालले गरेका थिए । कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनबादी गीत तथा नृत्य प्ररस्तूत गरेका थिए ।

प्रतिक्रिया