एमाले दैलेखको अधिवेशन : सहमतीको प्रयास असफल, निर्वाचन प्रक्रिया सुरु

एमाले दैलेखको अधिवेशन : सहमतीको प्रयास असफल, निर्वाचन प्रक्रिया सुरु

दैलेख : दैलेख जिल्ला सदरमुकाममा जारी नेकपा (एमाले) को सातौँ जिल्ला अधिवेशनमा सहमतीको असफल भएको छ । जिल्ला अधिवेशनको मुख्य एजेन्डा नयाँ नेतृत्व चयन गर्ने हो । नयाँ नेतृत्व चयनका लागि उद्घाटन सत्र सकिएसँगै थालिएको सहमतीको प्रयास असफल भएको हो । सहमतीको प्रयास असफल भएपछि अन्ततः निर्वाचन हुने भएको छ ।

सोहि अनुसार निर्वाचन कमिटिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । अहिले २ बजेदेखि साढे २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । निर्वाचन कमिटिका अनुसार साढे ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने आजै साढे ४ बजेभित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

आजै साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटिका अनुसार मतदानको समय भोली सोमवार ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय भएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका :

प्रतिक्रिया