एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित

एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित

दैलेख : नेकपा एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । शुक्रवारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट उनि निर्विरोध उपाध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए ।

उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शाहले बताए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया