एमाले दैलेखको अधिवेशन : को–को भए निर्विरोध निर्वाचित (सूचीसहित)

एमाले दैलेखको अधिवेशन : को–को भए निर्विरोध निर्वाचित (सूचीसहित)

दैलेख : नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष सहित जिल्ला कमिटि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । शुक्रवारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट उनि निर्विरोध उपाध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शाहले बताए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुन् ।

नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन अन्तरगर्त निर्वाचन कमिटिले सार्वजनिक गरेको उम्मेदवारुको अन्तिम नामावली अनुसार भूगोल तर्फ जिल्ला कमिटि सदस्यमा कुन स्थानीय तहबाट को–को भए निर्विरोध निर्वाचित ?

गुराँस गाउँपालिका : लिला बिसी र शिवा खड्का (महिला) दलसिंह बुढा, कुलबिर विक बलराम खत्री (अन्य सदस्य) 
डुङ्गेश्वर गाउँपालिका : पवित्रा न्यौपाने, विष्णुदेवी जैसी (महिला) राजु केसी, रुद्धबहादुर विष्ट र सुन्दरकुमार केसी (अन्य सदस्य)
भगवतीमाई गाउँपालिका : खगिसरा बुढा, चन्द्रा रेग्मी (महिला) शान्तिप्रसाद शर्मा, खड्गबहादुर शाही र शैलेन्द्रबहादुर थापा (अन्य सदस्य)
नौमूले गाउँपालिका : गिता चन्द, मनकुमारी सिंह थापा (महिला) यामप्रसाद शर्मा, नामाखर शर्मा र सन्तबहादुर चन्द (अन्य सदस्य)
महाबु गाउँपालिका : दुर्गाकुमारी सिंह र भुवनसरा बडुवाल (महिला)
आठबीस नगरपालिका : कल्पना थापा र राधीका शाही (महिला)
दुल्लु नगरपालिका : रेनुका भट्टराई र निर्मला रिमाल पोखरेल (महिला) । 

दलित तर्फ प्रत्येक पालिकाबाट एक जना जिल्ला कमिटि सदस्यमा को को निर्विरोध निर्वाचित ?

ठाटीकाँध गाउँपालिका : पदमबहादुर विक
डुङ्गेश्वर गाउँपालिका : सुरेन्द्रबहादुर काकी
आठबीस नगरपालिका : पर्वसिंह विश्वकर्मा
महाबु गाउँपालिका : धनबहादुर सुनार
भैरबी गाउँपालिका : कविराम सुनार
भगवतीमाई गाउँपालिका : डम्बर तिरुवा
नारायण नगरपालिका : लोकबहादुर नेपाली
नौमूले गाउँपालिका : प्रेम बिक
गुराँस गाउँपालिका : कर्णबहादुर विक
चामुण्डाविन्द्रासैनी नगरपालिका : तिलक रोकाय (सार्की)

प्रतिक्रिया