एमाले दैलेख अधिवेशनः ७१७ मत खस्यो, मतगणना आजै

एमाले दैलेख अधिवेशनः ७१७ मत खस्यो, मतगणना आजै

दैलेख : नेकपा एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मतदानमा ७१७ मत खसेको छ । ७२१ प्रतिनिधिमा सो मत खसेको हो । मतगणना आजै साँझ ६ बजेबाट हुने निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए ।मत गणना दैलेख सदरमुकामको गणेश चोकस्थित योग भवनमा हुने बताइएको छ ।

एमाले दैलेखको अध्यक्षका लागि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाही चुनावी मैदानमा छन् । अध्यक्ष पदका लागि सुरुमा ६ जनाको उम्मेदवारी परेको थियो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाही, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य शुसिल थापा र एमाले नेता कर्णबहादुर खड्काले समेत एमाले दैलेखको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । उनिहरु चारै जनाले उम्मेदवारी फिर्तालिएपछि शाही र शर्मा मात्रै चुनावी प्रतिस्पर्धामा छन् ।

उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्याय र तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुन् । यस्तै सचिवमा रुद्धबहादुर शाही र तिलक प्रसाद रिजालब चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया