कर्णाली प्रदेश लोकसेवा आयोगले ३ सयभन्दा बढी पदमा खुलायो विज्ञापन

कर्णाली प्रदेश लोकसेवा आयोगले ३ सयभन्दा बढी पदमा खुलायो विज्ञापन

सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगले पदपूर्तिका लागि पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोगले मंगलबार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ ३ सयभन्दा बढी पदका लागि लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो । आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फका विज्ञापन प्रकाशित गरेको हो ।

अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ । यस्तै, प्राविधिकतर्फ सब-ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।

प्रतिक्रिया