एमाले सुर्खेतको अध्यक्षमा बीसी विजयी

एमाले सुर्खेतको अध्यक्षमा बीसी विजयी

सुर्खेत : नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बीसी निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट बीसीको प्यानल नै विजयी भएको हो । सर्वसम्मत रूपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट नेतृत्व चुनिएको हो ।एमाले सुर्खेतका निवर्तमान उपाध्यक्ष रहेका बीसीले डण्डीप्रसाद शर्मालाई हराउँदै ३ सय ६८ मतका साथ विजयी भएका हुन् ।

शर्माले २ सय ६७ मत प्राप्त गरे । उपाध्यक्षमा बीसी प्यानलबाटै कुलमणि देवकोटाले ३ सय ९४ मत ल्याएर विजयी हासिल गरे । उनकाप्रतिद्वन्द्वी ऋषि गिरीले २ सय २६ मत ल्याएर पराजित भए । यस्तै, सचिवमा कविन्द्रकुमार केसी ३ सय ९० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रेशम रानाले २ सय ३३ मत मात्रै प्राप्त गरे । दुई पद रहको उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् ।

प्रतिक्रिया