रकम अभावमा मृगौला प्रत्यारोपण हुन सकेन्

रकम अभावमा मृगौला प्रत्यारोपण हुन सकेन्

दैलेख : आर्थिक अभावमा दैलेखका एक युवकको मृगौला प्रत्यारोपण हुन सकेको छैन् । गरिबीका कारण आठबीस नगरपालिका–१ सात्तला झुज गाउँका ३७ बर्षीय गणेशबहादुर नेपालीको मृगौला प्रत्यारोपण हुन नसेको हो । उनि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् । हप्तामा दुई पटक डायलायसिस गरेर जीवन धानिरहेका गणेशलाई उनकी आमाले मृगौला दिन तयार छिन् । तर, मृगौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा प्रत्यारोपण रोकिएको छ । गणेशकी आमा ६९ बर्षीया सिद्ध दमेनीले छोरालाई एउटा मृगौला दिन तयार भएकी हुन् ।

‘आमा मृगौला दिन तयार हुनुहुन्छ, तर प्रत्यारोपणका लागि चाहिने खर्च जुटाउन सकेको छैन्, अहिले हप्तामा दुई पटक डायलायसिस गरेर बाँचिरहेको छु,’ गणेशले भने । गरिबीकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेको गणेशले बताए । गणेशको दुई वटै मृगौला फेल भएको छ । उनको दुईबर्षअघि नै मृगौला फेल भएको थियो । त्यसयता निरन्तर डायलायसिस गरेर बाँचिरहेका गणेशलाई हालै मात्र आमाले एउटा मृगौला दिन तयार भएकी हुन् । मृगौला प्रत्यारोपणका लागि गणेश र उनकी आमाको स्वास्थ्य परिक्षण भईसकेको छ ।

‘मृगौला दिन आमा तयार भएपछि प्रत्यारोपणका लागि सबै स्वास्थ्य परिक्षणहरु भईसकेका छन् तर रकम अभावमा मृगौला प्रत्यारोपण अनिश्चित बनेको छ,’ उनले भने । हालसम्म ७ लाख रुपैयाँ उपचार खर्चमै सकिएको उनले बताए । ‘अस्तालले केहि रकम सरकारले बोहोर्छ भन्नुभएको छ, हामीले ७ लाख रुपैयाँ जोहो गर्नुपर्नेछ, रकम जोहो गर्न अस्पतालले ताकेता गरेको छ, तर कहाँबाट जुटाउने केहि उपाए छैन्,’ उनले भने ‘सम्पती बेचेर उपचार गरौँ भने आफ्नो नाममा एक टुक्रा जमिन छैन् ।’ काठमाडौंमा कोठाभाडा तिर्न र छाक टार्नसमेत हम्मे हम्मे परेको गणेशले बताए ।

‘निरन्तर डायलायसिस गर्नलाई समेत पैसा छैन्,’ उनले भने ‘मृगौला प्रत्यारोपण गर्ने पैसा कहाँबाट ल्याउने ?’
गरिब र विपन्न दलित तथा सुकुम्बासी परिवारका गणेशलाई मृगौला प्रत्यारोपणमा सहयोग गर्न स्थानीय बीरबहादुर नेपालीले आग्रह गरे । ‘आर्थिक अभावमा गणेश जीवनमरणको दोषाधमा छन्, उनलाई सहयोग गर्ने कोही छैन्,’ उनले भने । परिवारको साहारा पनि उनै गणेश हुन् । परिवारको साहारा रहेका गणेशका दुई वटै मृगौला फेल भएपछि पत्नि र सन्तानको बिचल्ली परेको छ । उनका चार छोरी, दुई छोरा र पत्नि छन् ।

प्रतिक्रिया