ठाटीकाँधमा सोसेक नेपालको फिल्ड कार्यालय

ठाटीकाँधमा सोसेक नेपालको फिल्ड कार्यालय

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको फिल्ड कार्यालय स्थापना गरिएको छ । सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाको उपस्थितीमा फिल्ड कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो । फिल्ड कार्यालयमा सुझाव पेटी सहित गुनासो सुनुवाई सयन्त्र पनि व्यवस्थापन गरिएको छ ।

ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँधमा फिल्ड कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो । गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । संस्थाले सुझाव संकलनकाे लागि सुझाव पेटीका पनि उक्त कार्यालयमा स्थापना गरेकाे छ  साथै गुनासाे सुनुवाइ सयन्त्रकाे लागि एनटिसी प्रयाेग कर्ताकाे लागि निशुल्क नं १६६०८९४२००१ र एनसेल प्रयाेगकर्ताकाे लागि ९८०१५७४८८८ प्रयाेग गर्दै आएकाे छ ।

प्रतिक्रिया